यूरोपभरिका नेपाली पत्रकार हुने भए संगठित

जहाँ जता हेर्‍यो उतै संगठन । उतै संस्था । हुंदा हुँदा समितिमा सात जना पुर्‍याउन नसक्नेले पनि संस्था । यूरोपमा जम्मा २० जना नेपाली भएको ठाउँमापनि संस्था बनेकै छन् । तर हामी पत्रकारहरु भने सधैं छरिएर बस्यौं । अर्काको दुख देख्यौं, हाम्रा देखेनौं । आफ्नै साथीहरुका गाह्रा र साह्रा बुझेनौं । हामीबिच सहकार्य नहुँदा कति घाटा पर्‍यो पर्‍यो । कतै धम्क्याए । कतै हेपिए । तैपनि नेपाली पत्रकारहरु एक जुट भएर बोल्न सकेनन् । उठ्न सकेनन् । त्यसैले हामी नेपाली पत्रकारहरु एकजुट हुनुपर्छ, संगठित बन्नुपर्छ भन्ने खाँचो महसुस गरेको धेरै भयो । तर हरेक पटक अनेक खाले ब्यवधान आए । अब भने त्यसले मूर्त रुप लिने भएको छ । नेपाल पत्रकार महा संघ यूरोप शाखा गठन गरेरै नेपाली पत्रकारहरु संगठित बन्ने भएका छन् ।

हो, निकै समय भयो हामीले बिचार बिमर्श गरेको । केहि पटक सामोहिक छलफल गरियो । निकै पटक बिचारहरु लेखेर आदानप्रदान गरिए । सबैले उत्साह देखाए । निचोडमा पुगियो, नेपाल पत्रकार महा संघ कै यूरोप शाखा गठन गर्ने भनेर । सक्रिय साथीहरुको बिचमा छलफल गरेर टुंगो लगाइयो । र प्रस्ताब गरियो, नेपाल पत्रकार महा संघ केन्द्रिय समितिलाई । हामी साथीहरु जो गम्भिर थियौं, सबैले कुनैन कुनै रुपमा संगठित बनौंला भन्ने थियो । त्यहि छलफल गरेका थियौं । केन्द्रिय समितिको बैठक लामो समय सम्म बसेनछ राजनितिक उतारचढावले गर्दा । गत हप्ता बसेको बैठकले पास गरेछ नेपाल पत्रकार महा संघ यूरोप शाखा गठनकालागि । हामीले बुझाएको तदर्थ समिति अनुमोदन गरेको खबर अध्यक्षबाट आयो ।

शुरुमा सकेसम धेरै देशबाट प्रतिनिधी छान्ने कोसिस गरियो। बेलायतमा महा संघको छुट्टै शाखा गठन भैसकेकाले उहाँहरु यूरोप शाखामा आउन मन गर्नु भएन । त्यसैले बाँकि देश समेटिने सल्लाह गरियो । महा संघका केहि मान्नु पर्ने कुराहरु समेटेर प्राप्त साथीहरुका आधारमा तदर्थ समिति गठन गरियो ।

नेपाल पत्रकार महा संघ यूरोप शाखाको प्रस्ताबित तदर्थ समिती

संयोजक – ददि सापकोटा (फ्रान्स)

सदस्यहरु

● केजिन राई (बेल्जियम)

● सरस्वती कार्की (डेनमार्क)

● पुष्प बरुवाल (द नेदरल्याण्ड्स)

● बाबुराम भुसाल (पोर्चुगल)

● सन्तोस न्यौपाने (बेल्जियम)

● लक्ष्मण देवकोटा (पोर्चुगल)

● उषा तितिक्षु (तिवारी) – स्विजरल्याण्ड

● प्रकाश ढकाल (डेनमार्क)

● टेक गिरी (नर्वे)

● दुई जना सदस्य पद पछि थप्नेगरि रिक्त राखिएको । यस मध्ये पहिले रेडियो नेपालमा कार्यरत र हाल त्यसैको प्रतिनिधिका रुपमा स्विडेनमा रहेका साथी टेक गिरी फेला परेका छन् । उनको सहमती लिएर थप्ने काम गरिने छ । बाँकि जुन जुन देशमा सक्रिय पत्रकार फेल पर्छन् त्यहाँबाटपनि सहभागि गराउने सोच सबैको हो । यहाँ भएका साथीहरुले बढि भन्दा बढि संयोजक जस्तै भएर जिम्मेवारी बहन गर्ने हो ।

सल्लाहकार

● शशी पौडेल (बेलायत)

● भगिरथ योगी (बेलायत)

डेनमार्कबेल्जियम र पोर्चुगलमा किन दुई जना ? यस्तो प्रश्न उठ्न सक्छ । यी लगायतका अनेक प्रश्न, जिज्ञासा, चाख, चासो सबै रहलान् । त्यसकालागि हामी सबै साथीहरु तयार बन्नु पर्छ । डेनमार्क का साथीहरु मध्ये सरस्वतीजीलाई पूर्वी यूरोपका साथीहरुको खोजि गर्न जिम्मेवारी बढि पर्ने भएकालेपनि त्यसो गरिएको हो भने पोर्चुगल र बेल्जियममा सक्रिय पत्रकार साथीहरु धेरै भएकालेपनि एकै जनालाई भार नपरोस् भनेरपनि हो ।

यो कुनै निर्वाचित समिति नभएर तदर्थ समिति हो । त्यसैले यसको काम गतिलो सित बिधान बनाउने । पूर्ण सफलताका साथ रष्ट्रिय भेला (यूरोप स्तरिय भन्नु पर्ला) गर्ने र नयाँ समिति बनाउने जिम्मेवारी हो ।

सबै साथीहरु समेटिउँ, बहस र छलफल गरौं भनेर हामीले एफ एन जे यूरोप (अंग्रेजीमा FNJ Europe भनेर हेर्नुहोला ) फेसबुक खोलेका छौं । तपाई यूरोपमा बस्नु भएका सबै साथीहरुले फ्रेण्ड रिक्योस्ट पठाउनुहोला । साथीहरुसित सल्लाह नगरेसम्म तत्कालकालागि हामीले खाली पत्रकार साथीहरुलाईमात्रै साथीका रुपमा स्विकार गर्ने छौं। केहि समयपछि साथीहरुको सल्लाह अनुसार हुने छ । यसका बारेमा, महा संघ यूरोप शाखाका बारेमा जानकारी दिएर सहयोग गरिदिनुहोला यूरोपमा नेपाली पत्रकार चिन्नु भएको छ भने ।

आगामी अंकमा यूरोपमा किन खाँचो पर्‍यो पत्रकार महासंघको शाखा ? यस्तै पत्रकार संवन्धि लेख पढ्नुहोला ।

तपाइँको प्रतिक्रिया