कसले बेच्यो नेपालका दूर्लभ मूर्ती फ्रान्स ल्याएर ?

पेरिसको गिईमे संग्रहालयमा थुप्रै एशियाली मूर्ती छन् । कम्बोडिया, भियतनाम, थाइल्याण्ड, भारत, चिन, श्रीलंका र नेपाल । तिब्बतका त यति धेरै मूर्ती छन् कि अब तिब्बती मूर्ती खोज्नै फ्रान्सनै धाउनु पर्छ होला झैं लाग्छ । तर नेपालका मूर्ती र कलापनि कम रहेनछन् त्यहाँ । मन कटक्क हुन्छ । साँच्च्चै कहाँबाट आए होलान् ति ? कसले दियो ? कहिले र कतिमा बेचियो ? निक्कै छन् त्यहाँ । चौधौं शताब्दीका त कति छन् कति । एउटा थान्का भेटियो जुन सम्बत ६०८ (सन् १४८८) को रहेछ । करिब ५२४ वर्ष अघिको । यहि सालतिरका केहि मूर्तीपनि देखिए । तर तिनको सोधखोज कसैले गर्दैन । यस्ता काम गर्नुपर्ने दुतावासले हो । तर दुतावास भवनकै धारोपानी र सद्दे पाईप फोरेर दुई चार हजार यूरो भ्रस्टाचार कसरि गर्ने, कसरि हप्तामा धेरै भोज खाने, चाकरीबाजहरु वरिपरि राखेर भोज खाँदै अर्को थरी नेपालीहरुलाई पाखा लगाउने भन्ने लम्पट र ठग मनोब्रित्ती भएका राजदूत र सरकारी अधिकारीबाट त्यो संभव छैन ।

तर अहिले नेपाल संक्रमणकालिन अवस्थामा छ राजनितिक रुपमा । शासकहरु देशको सबै दिन तत्पर छन् कुर्सीकालागि । कुनै दिन वास्तबिक नेता जन्मिएछ र राष्ट्रियताका पक्षमा दह्रोसित प्रस्तुत भएछ भने हाम्रा यी सम्पदाहरु अवश्यै फिर्ता लैजाने छन् । अहिलेलाई यतिमै चित्त बुझाउँ, कम्तिमा ब्यक्तिका घर घरमा गोप्य रुपमा कैद नभएर यी मूर्ती सार्वजनिक स्थलमा छन् र ति संरक्षित त भएका छन् । हाम्रा केहि मूर्ती र थान्का हेर्नुस् है त ?

यी माथिका दुबै थान्का करिब साँढे पाँच सय वर्ष पुराना हुन् ।

तस्विरहरु सबै म आफैंले खिचेका हुन् ।

तपाइँको प्रतिक्रिया