छुट्टै पार्टी खोल्न बैध्य समूहको भेला, ‘पार्टी फुट्या हैन रे’

योगेन्द्र चापागाइँ

एकीकृत नेकपा माओवादीको राष्ट्रिय भेला कार्यकर्ता सुरु भएको छ । अब उहि पुरानो पार्टी नेकपा (माओवादी) गठन गर्ने सुरसारमा देखिएका छन् । कार्यकर्ता खचाखच छन् । भन्न चाहिँ सबै जिल्लाबाट नेता र उच्च तहका कार्यकर्ता करिब ३५ सय भेला भएको भनिएको छ । तर हामीले पार्टी फुटाउन लाग्या हैन, पूनर्गठन गर्न लाग्या हो भनेका छन् बैध्य समूहका नेताहरुले । संविधानसभा पछि पार्टी अबसान भएकाले पूनर्जिवन दिनु पर्ने तर्क उनीहरुले गरेका छन् । पार्टीभित्र विकृति र विसंगति ज्यादै मौलाएकाले त्यसलाई सफा नगरे जनताका माग पुरा गर्न नसकिने दाबी गरेका छन् । यसको  नेतृत्व एमाओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले गरेका छन्  ।

यो भेलामा आम कार्यकर्ता र नेताहरु अब कसरि जाने, कस्तो पार्टी निर्माण गर्ने, संस्थापन पक्षलाई कसरि सच्याउने वा परास्त गर्ने भनेर बिचार बुझ्ने प्रयास गर्ने छन् ।

फरक बिचार समूह, बैध्य समूह र क्रान्तिकारे समूह भनेर नामाकरण गरिने यो समूहको भेलाको शुरुदेखिनै नेताहरु संस्थापन पक्षशित एकदम आक्रामक रुपमा प्रस्तुत भए । पार्टीमा अवसरवादीहरु हाबी भएकाले त्यसलाई रोक्न क्रान्तिकारीहरु र सहि बिचार भएकाहरु अगाडि बढेको भन्दै मोहन बैध्य प्रस्तुत भए ।

खासगरि यो भेलमा राम बहादुर बादल, नेत्रबिक्रम चन्द र मोहन बैध्य ‘किरण’ प्रचण्ड र बाबुराम भट्टराईप्रति आक्रामक देखिएका थिए ।  भइराखेको संविधान सभा हत्या गर्ने अनि अर्को संविधान सभा चुनाब गर्ने भनेर सत्तामा डुब्नकालागि नाटक गर्ने भन्दै उछित्तो काढिएको थियो। बैध्यले त प्रचण्ड र बाबुरामलाई नेपाली कांग्रेस जस्तै नेपाली जनताको बिरुद्द लागेको भनेर आरोप लगाए । प्रचण्डले नेपाली क्रान्ति र जनयुद्दका महान शहिद प्रति धोका दिएकाले अब सच्चिनु पर्ने नत्र उनीहरुलाई नेत्रित्वबाट हटाइने चेतावनी दिइएको थियो । भेलामा आम कार्यकर्ताको भावना र बिचार बुझेपछि त्यहि अनुसार अगाडि बढ्ने बताएका छन् । तर अधिकांशको मत नेकपा (माओवादी) पार्टीलाईनै पूनर्गठन गरेर जाने मनशायमा रहेको बताएका छन् ।

(तस्विरहरु माओवादी नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को फेसबुकबाट लिइएको हो)

तपाइँको प्रतिक्रिया