अन्तत: हिँडे मात्रीका, बढारिने भो तराईबाट माओवादी
लामो समयदेखि पार्टीमा असन्तुष्टि जनाउँदै आएका खरा नेता मात्रीका यादव एकिक्रित माओवादी छोडेर हिँडे । उनले आजै पत्रकार सम्मेलन मार्फत नेकपा (माओवादी) अरुले छोडेर हिँडेकाले आफुले पूनर्गठन गर्नेपनि सार्वजनिक गरे । प्रधानमन्त्री प्रचण्डले सरकारमा गएपछि जनताका कुरा सुन्न छाडेको र सुबिधाभोगी बनेको आरोपपनि लगाए । नेकपा (एकता केन्द्र मसाल) सित पार्टी एकतागरि एकिक्रित माओवादी बनेपछि उनी झन असन्तुष्ट रहँदै आएका थिए । उनले एकिक्रित माओवादीले जनताका आकांक्षा पुरा गर्न नसक्ने आरोप मात्रै लगाएनन कि सरकारमा गएपछि अहिले आफ्नो लागि मात्रै क्रान्ति गरेकोले आफु जनताको लागि क्रान्ति गर्न लागेको कडा प्रतिक्रिया दिए ।
उनले आफु तराईका जनताकालागि मात्रै नभई सम्पूर्ण नेपाली जनताको लागि क्रान्ति गर्नलागेको बताएर तराईका अन्य दल भन्दा आफुलाई फरक देखाउनपनि खोजे । पार्टीमा बिभिन्न विषयलाई लिएर उनको मतभेद लामै समयदेखि चर्किएको थियो । माओवादीमै पोलिटब्युरो सदस्य रहँदै पार्टीका अर्का शक्तिशाली मानिएका प्रभु शाहसँग उनको तिब्र मतभेद थियो । यादव कडा लाईनका भनेर चिनिन्थे । उनको प्रस्थानले समग्र माओवादीलाई तराईमा ठुलो घाटा लाग्ने निश्चित छ । किनभने पार्टीमा प्रभु शाह भन्दा मात्रीका यादव धेरै नै लोकप्रिय र शक्तिशाली नेता हुन । उनिसँगै खासगरि तराईका अधिकांश माओवादी कार्यकर्ता उनकै पार्टीमा जाने निश्चितजस्तै देखिन्छ । मधेशी जनताबिचपनि अहिले उनी संभवत सबैभन्दा लोकप्रिय नेताका रुपमा गनिन्छन ।
माओवादी सरकारमा गएपछि वनमन्त्री बनेका यादवको पटक पटक तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित बिबाद भएपनि रक्तचन्दन बरामत, वन अतिक्रमण गर्नेहरुमाथि कारवाही, चोर शिकारीहरुमाथि निगरानी लगायतका विषयमा उनको काम गराईले ठुलो प्रशंसा पाएको थियो । उनले नेकपा (माओवादी) पूनर्गठन गर्ने सार्वजनिक गर्दा जनयुद्द शुरु गर्न सक्ने संकेत गरेका छन । सरकारले आफुलाई गर्ने ब्यवहार दमनकारी भएमा भूमिगत भएर जनयुद्द शुरु गर्न सक्ने संकेत गरे । उनले सभासद पदबाट पनि तुरुन्तै राजिनामा दिने बताए । नेकपा (माओवादी) ले नेकपा (एकताकेन्द्र मसाल) सित पार्टी एकिकरण गरि कुनै हैसियत नभएका, जनाधार गुमेका र जिल्ला तहका नेतालाई समेत भटाभट केन्द्रिय समिति र पोलिटब्युरोमा लगेर महत्वपूर्ण जिम्मेवारी दिएपछि अहिले पुराना कार्यकर्ताहरुमा तिब्र असन्तुष्ठि बढेको छ ।
-संबन्धित ब्लग—-
माफी माग प्रचण्ड मात्रीकाले होइन
“सुकुम्बासीका घर भत्काए मन्त्री र पार्टी दुबै चाहिँदैन”
नझुक्ने प्रधानमन्त्री झुके मात्रीका यादवसँग




