भ्यालेन्टाइन डे

-नेपोलियन मरहट्टा  

nepolian-marahatta-nepalplus.jpg

३६४ दिन सम्म  आफ्नो प्रेममा तड्पिएर बसेका

ति,जोडीहरुले बर्षको एक दिन

१४ फेब्रुअरी धुमधामसँग मनाउनुपर्ने ।

के, जोडी हुनेहरुको लागि मात्रै हो र यो दिन ?

अहँ म मान्दै मान्दिन ।

जोडी नहुनेहरुले पनि

मनाउन पाउनु पर्छ यो दिन ।

के, जोडी नहुनेहरुको लागी

बर्षमा ३६४ दिन मात्रै हुन्छ र ?

तिमी क्यालेन्डर हेर्न सक्छौ ।

जोडी नहुनेहरुको लागी पनि

त्यहाँ ३६५ दिन नै लेखिएको छ ।

म मेरो जिन्दगीले दिएको

एक दिन पनि छोड्ने छैन ।

ए………

प्रेम गर्ने प्रेमजोडीहरु हो.

तिम्रो जोडी छ, तिमी मनाउ ।

तर, मेरो जोडी नभएपनि

तिमी हेरी राख

म मनाएरै छोड्छु यो बर्षको

भ्यालेन्टाइन डे ।

तिम्रो जस्तो अँगालो हाल्ने,

हात समाउने र चुम्बन गर्ने

मेरो कोही नभए पनि

शहर बजारको भिडहरुमा,

ति, हाट बजारको मेलाहरुमा,

सक्रान्तिको र एकादशीको जात्राहरुमा,    

सुपरमार्केटको घुँइचोहरुमा

, धेरै सुन्दरीहरुसँग ठोक्किएको छु ।

हो, तिनिहरु कै यादमा मनाउँदैछु

यो १४ फेब्रुअरी ।

चक्रपथमा चल्ने नगर बसहरुमा

उक्लिँदा र ओर्लिँदा, धेरै युबतीहरुले

मेरो हात समाते होलान् ।

बाटो काट्दा धेरैले

आँखा जुधाए होलान् । 

धेरैले झुक्किएर

मेरो मोबाईलमा मिसकल गरे होलान् ।

हो, तिनीहरुकै यादमा

मनाउँदै छु म यो बर्षको

भ्यालेन्टाइन डे ।

[email protected]

 

(भोली १४ फर्वरी भ्यालेन्टाईन डे। त्यसैका अवसरमा रचिएको गीत)

तपाइँको प्रतिक्रिया