बल्ल पाईन बारबराले नेपाली नागरिकता
बितेको ४७ वर्षदेखि नेपालमा बसेकि बारबरा एडम्स । नेपाल छिरेदेखि उनलाई नेपालको मोहले गाँजि रह्यो । तानिरह्यो । नेपाल छोडेर बिदेश जान पाए सायद अहिलेका किशोर किशोरीहरु पाँच प्रतिशतपनि नेपाल बस्ने थिएनन होला । तर नेपालीहरु जहाँ जान मरिहत्ते गरिरहेका छन उनी भने भएको अमेरिकी नागरिकतापनि त्यागेर कानुनी रुपमै नेपाली हुन ज्यान फाल्दै आएकि । हिमालय शमशेरसितको संबन्धले उनलाई त्यो प्राप्त गर्न रोकेको थियो । भनिन्छ सरकारले उनलाई पटक पटक नेपाली नागरिकता दिन चाहेपनि दरबारकै दबाबका कारण त्यो रोकिँदै आएको थियो ।
जे होस उनलाई अस्ति आईतबार नेपाली नागरिकता दिनको लागि ग्रिह मन्त्री वामदेव गौतमले सिफारिस गरिदिएका रहेछन । उनले पटक पटक सरकार समक्ष आग्रह गरेकि थिईन आफु नेपाली नागरिकका रुपमा मर्न पाउँ भनेर ।
एक पटक नेपाल सरकारले आफुलाई नेपाली नागरिकता नदिएकोमा निकै मन छुने खालको दुख मनाउ गरेकि थिईन-मैले जे देखे, भोगे, गरे यहि नेपाली माटोमा गरें । म युवती हुँदै केहि गर्न सक्ने जोस, जाँघर र शक्ति लिएर नेपल आएकि थिएँ । त्यसपछि मैले जे सकें यहि माटोमा गरें । म काम, भावना, तन, मन सबैमा नेपाली हुँ र पनि म नेपाली हुन पाएकि छैन । मैले नेपालकालागि के अपराध गरें ? म अब जिवनका अन्तिम दिनहरु तर्फ लाग्दैछु र मेरो अन्तिम इच्क्षा नेपालीका रुपमा म्रित्युवरण गर्ने छ न कि एक अमेरिकी महिलाका रुपमा । जेहोस ढिलै भएपनि नेपाल सरकारले उनको इच्क्षा पुरा गरिदिएको छ ।
हुनपनि उनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई कम्ति सहयोग गरेकि होइनन । लेख रचना लेखेर बिदेशी मूलुकमा जनदबाद स्रिजना गर्न मात्रै होइन उनी सडकमा नारा जुलुस गर्नेदेखि जेल जेल चहारेर बन्दीहरुका खबर ल्याउँथिन । मानव अधिकारकर्मीहरुलाई त्यो सूचना दिने गर्थिन । तानशाही सरकारका बिरुद्द अनेक अनेक खालका नयाँ शैलीका बिरोध कार्यक्रम प्रस्ताब गर्थिन । कालो झण्डा हातमा बोकेर एक्लै गाउँ गाउँ चहार्थिन । माओवादी बन्दीहरुलाई त झन उनले कति भेटिन भेटिन जेलमै गएर । तिनका पक्षमा निकै आवाज उठाइन । तैपनि उनलाई नेपाली नागरिकता दिन किन आनाकानी गरिएको हो मैलेपनि बुझ्न सकेको थिईन । जे होस सरकारले ढिलै भएपनि उनको इच्क्षा पुरा मात्रै गरेन कि उनले लगाएको गुनलाई सम्मान गर्यो थोरै भएपनि ।
—थप जानकारीकालागि तलको रिपोर्ट हेर्नुस—




