प्रधानमन्त्रीका सचिवमाथि गोली प्रहार: के संकेत गर्छ यसले ?
प्रधानमन्त्री प्रचण्डकै निजि सचिव शक्ति बहादुर बस्नेतमाथि आज गोली प्रहार गरियो काठमाडौंको उनको निवास कोटेश्वरमा । पहिलो गेट कटिसकेपछि लागेकोले संबेदनशिल ठाउँमा नलागेर तिघ्रामा लागेको रहेछ । नत्र बर्बादै हुने रहेनछ त ? उनलाई दौडाएर बिएण्ड बी अस्पत्ताल लगे । खतरा मुक्त रहेछन । त्यो स्तरको मानिसको निवासकै सुरक्षा कसरि हुन सकेन ? साँच्चिनै ग्रिह मन्त्री के हेरेर बस्छन ? सुरक्षा शंयन्त्रको सुराकी ले के काम गर्छ ? गुप्तचर विभागको गुप्तचरीको भूमिका कहाँ देखियो खोइ ?
उनी प्रधानमन्त्रीका स्वकिय सचिव मात्रै होइन सरकार सञ्चालन गर्ने पार्टीको पोलिटब्युरो सदस्यपनि । राजधानीमा भएको त्यो घटनाले के संकेत गर्ला ? रजधानीमा एक्सन गर्नु भनेको आधा घण्टाभित्रमा बम पड्किएको भन्दैलगायतका अपराधिक गतिबिधिमा संलग्न आरोपमा प्रहरीले पत्रकारलाई पक्राउ गर्यो । उनले हिरासतबटाटै धम्कि दिए-यो सरकारलाई म छोड्दिन । यो राज्यलाई म छोड्दिन । प्रमुख प्रतिपक्ष दलकै प्रमुख नेता, पटक पटक प्रधानमन्त्री जस्तो पद सम्हालेका ब्यक्तिले न्यायिक छनबिनपूर्व सरकारलेफसायो बह्न्दै अभिब्यक्ति दिए । त्यहि अभिब्यक्ति र राज्यलाई नै छोद्दिन भन्ने त्यसरि धम्की आएकै दुई तिन दिन भित्रै प्रधानमन्त्रीकाप्रमुख स्वकिय सचिवमाथि गोली प्रहार भएको घटनाले के संकेत गर्छ ? के त्यो संरक्षण, त्यो धम्की र त्यो घटनाको बिचमा कुनै संबन्ध नहोला ?
प्रधानमन्त्रीकै स्वकिय सचिव समेत सुरक्षित हुन नसकेको अवस्थाले त प्रधानमन्त्रीको सुरक्षापनि धेरै दर्बिलो रहेनछ भन्ने देखाउँदैन र ? प्रधानमन्त्रीकै सचिव सुरक्षित हुन नसकेका बेला अरु नागरिक कसरि सुरक्षित होलान ? यस्तो घटनाले नागरिकहरुलाई आफ्नो सुरक्षाका बारेमा कस्तो प्रभाव पार्ला ? के नागरिकहरुले सुरक्षित महसुस गर्लान ? कति असुरक्षित फितलो रहेछ त हाम्रो सुरक्षा संयन्त्र ? घटना भैसकेपछि राजधानीको सुरक्षा ब्यवस्था सधैं कडा पारिन्छ । तर त्यो सुरक्षा ब्यवस्था घटना भैसकेपछि गरेर के गर्ने ? घटना पूर्वनै गराउन सके पो ! फोटो साभार-दैनिकी डटकम
घटनाको पूर्ण विवरण र तस्बिर हेर्न तलको समाचार हेर्नुस——-




