धमलालाई फसाइयो भन्दै आगो भए कोइराला
ऋषी धमला पक्राउ परेपछि उनीसँगै राजनीतिक तहका उच्च ब्यक्तिपनि तानिन सक्छन, अन्य ब्यक्तिको संलग्नतापनि देखिन सक्छ भनेर हिजोनै लेखेको होइन ब्लग मैले ? कोको तानिने हुन धमलासँगै शिर्षकमा ? नभन्दै आज त्यहि छाँटकाँट देखियो । आज नेपाली कांग्रेसका सभापती तथ पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालेनै त्यो छनक दिए । उनले नेपालको प्रेस अवस्था निगरानी गर्ने गएको अन्तर्राष्ट्रिय टोलीसमक्ष हत्त न पत्त धमलालाई फसाएको बताएर झन आशंका थपेका छन । यसबाट कतै कोइराला परिवारको संलग्नता त छैन भन्ने झन आशंका जन्माएको छ ।
अपराधिक क्रियाकलापमा मुछिएको स्पष्ठै देखिएको छ धमला । प्रहरीले उनको बोलीनै सुनाएको छ फिरौती लेनदेन र ब्यक्ति हत्याको योजनामा संलग्न भएको । यतिखेर सुरक्षाकर्मीले उनलाई अनुसन्धानकालागि राखेका छन कानुन अनुसार । अदालतमा मुद्दा परेको छ । हो, त्यो कानुनी उपचारको टुंगो नलाग्दै अपराधी आरोपितको बचाउ गर्न खोज्नु कोइराला कारण के ? के यो सिधा कानुनलाई धोती लगाइदिन खोजेको होइन ? कोइरालाले आज धमलालाई पक्राउ गरेर नेपाली प्रेस जगतको खिल्ली उडाएको, यो सरकार प्रेस स्वतन्त्रताको पक्षमा छैन भन्ने देखिएको आरोपपनि अन्तर्राष्ट्रिय मिसन टोली समक्ष लगाएका रहेछन ।
होइन जबरजस्ति कसरि हुन्छ ? जबकि धमलाले आफैं पैसाको मोलमोलाई गरेका छन। रातभर थ्रेट गर, मान्छे मार, बम पड्काउ भनेर उचाएका छन फोन बार्तामा । यसबाट नेपाली कांग्रेस अपराधीहरुको पक्षमा छ भन्ने देखिंदैन त ? साँच्चै आज गिरिजाप्रसाद कोइरालाले यसो भनेपछि कतै उनी वा उनको परिवारनै ठुला ठुला अपराधिक घटनामा संलग्न त छैन पैसाका लागि भनेर झन शंका लाग्यो मलाई त । धमला प्राय नेपाली कांग्रेसका नेतासँग बढि निकट थिए । पछिल्लो समयमा अनियमितता, भ्रष्टाचार र बाबुको शक्तिको दुरुपयोग गरेर उनकि छोरी सुजाता जोस्ट (कोइराला) ले अकूत सम्पत्ती कमाएको आरोप र आशंका गरिँदै आएको थियो । पछिल्लो समयमा धमला तिनै सुजाताको निकट देखिएका थिए ।
अनि कोइरालाको भुकाईसँगै उनलाई छुटाउन अन्य नेताहरुकोपनि दौडादौडी शुरु भएको रहेछ । अब कति बिदेशीहरुको दौडादौड चल्ने हो देखिँदै जाने छ । उता आफुलाई धमलाले बेचेको आरोप लगाउँदै प्रहरीकहाँ उजुरी गर्ने महिलाहरुको संख्यापनि थपिंदै रहेछ । कोही उनैको घर भएको जिल्ला धादिङ, कोही काठमाडौं त कोही पूर्वतिरकाले त्यसरि पोल्दै गएका रहेछन । यसरि धमलाका कर्तुतहरु एकपछि अर्को खोतलिँदै जाँदा पूर्व प्रधानमन्त्री र त्यत्रो पार्टीको सभापती जस्तो मान्छे किन उसैका पक्षमा देखियो ? कानुनी प्रावधान किनारा नलाग्दै त्यसरि अपराधीको आरोप लागेको ब्यक्तिको पक्षमा बोल्नुको अर्थ के ? कोइरालास्वयं अपराधीका पक्षमा रहेछन भन्ने पुष्टि हुँदैन ?




