असफलता मेरो बानी थियो

प्रदीप अधिकारी

चुक•••• चुक••• चुक ••• त्यो कालो निस्पट्ट रात थियो,

न कुनै बत्ति बलेको न केहि हात थियो

झुठै साबित भए ••• पछि, तर सारै मिठो बात थियो !

मन्को कपट त बुझ्ने कस्ले तन्को दर्बिलो साथ थियो !

चैतको धुपले पोल्यो, हल्लायो आँधी हुरिले

ढल्यो मझेरिको खम्बा, किच्यो ढलेको धुरीले

मल्हम् ठानि  दलेथेँ घाउमा, पोल्यो धुलो नुनले

दर्क्यो पानी आरी घोप्टिएसरी  छोड्यो साथ जूनले !  

चक्नाचूर भयो चुडियो सङ्गालेको जिबनको धागो

खरानी सरि भयो जलेर जब सल्कियो मनको आगो

न कुनै दम्कल आयो, न त निभाउने पानी नै थियो

म पागल म बिवस !!! असफलता मेरो बानी थियो ! 

काठमाडौं, नेपाल

हाल- बग्दाद, ईराक

तपाइँको प्रतिक्रिया