कोको तानिने हुन धमलासँगै

rishi-dhamala-being-arrested.jpgऋषी धमलाको ब्यवहार, क्रियाकलापलेनै देखाउँथ्यो उनि शुद्द पत्रकार मात्रै होइनन भन्ने । उनको टाईफाई, विवादास्पद क्रियाकलाप र हरेक संस्था तथा नेतासँगको सानिध्यलेपनि उनी कुनै न कुनै नाजायज काममा संलग्न हुन सक्छन भन्ने धेरैले आशंका गरेकै हो । आफैंलाई धानिन मुस्किल पर्ने पेशा लिएर सारालाई पैसा बाँड्न सक्ने त्यो हैसियत त्यो पेशाबाट करिब करिब संभव थिएन । अनि बिदेशी राजदूत देखि बिबादास्पद र शंकास्पद ब्यक्तिसँगको उनको उठबसपनि सामान्य थिएन । धेरैले उनी बिदेशी राजदुतावास र बिभिन्न संस्थालाई नेपालका गोप्य खबर बेचेर दाम लिन्छन् भन्नेपनि बेला बेलामा नउठाएका होइनन । त्यसैले उनको कतै न कतै त्यस्तै ठाउँमा संलग्नता छ भन्ने त धेरैले अनुमान गरेका थिए । आखिर ढिलो चाँडो त्यो देखियो नै ।

उनी हातहतियारनै बोकेको अवस्थामा रंगेहात पक्राउ त परेनन । जसको आरोप लगाएर सुरक्षाकर्मीले पक्रेर राखेका छन । त्यहि मुद्दामा अदालतले भलै प्रमाण नपुगेको भन्ला । देशमा आतंक मच्चाउने, ब्यक्ति हत्या गर्ने र लूटेर खाने अपराधिक संगठनसित उनको संलग्नता त उनको फोन वार्ताले पनि पुष्टी गर्छ । अझ उनले त्यस्तो वार्ता पटक पटक गरेका रहेछन त्यस्ता कति संगठन, संस्थार कहाँ कहाँका ब्यक्तिसित उनको संलग्नता छ ? उनीसित अरु को को छन  

देशमा अनगिन्ति समूह छन त्यसरि ब्यापारी, उद्दोगपती र सर्व साधारणलाई धम्क्याएर फिरौती उठाउने । अनाहकमा आतंक मच्चाउने र सर्वसाधारणको हत्या गर्ने ठाउँकुठाउँ बम पड्काएर । धमलाले त्यस्तै आतंक गर्न उक्स्याएको उनको वार्ताले देखाउँछ । प्रहरीले गम्भिर अपराधमा संलग्न भनेकालेपनि उनको अझै बढि संलग्नत हुन सक्छ अन्य संगठनहरुमापनि । देशभरि त्यस्ता अपराधिक संगठनको जालो फैलिएको अवस्थामा धमलाको संलग्नताको स्रिङ्खला अझ लामो हुनसक्छ ।

एउटा पत्रकार जस्तो मान्छेले कसको संरक्षण, आड र भरोसामा त्यस्तो काम गर्ने आँट गर्‍यो ? राम्ररी अनुसन्धान गर्ने हो भने त्यसको लहरो निकै परसम्म भेटिनसक्छ । उनले आफ्ना त्यस्तै अपराधिक काम ढाकछोप गर्नका लागि अरु पत्रकार, नेता र बिभिन्न संघ संस्थाका ब्यक्तिहरुलाई पालेका हुनसक्छन जसको पहुँच ठुलै राजनितिक तहसम्म हुनसक्छ । उनले अस्पत्तालभित्रै अब राज्यलाई छोडिन्न भन्ने धम्कि दिएका रहेछन । त्यसबाटपनि उनका पछाडि कुनै न कुनै शक्ति छ भन्ने त बुझिन्छ नै । उनी पञ्जामा परेलगत्तै उनीसँगको त्यहि संलग्नताबाट बच्न बिभिन्न क्षेत्रबाट उनलाई बचाउनकालागि दौडधुप पक्कै हुन्छ नै । त्यसको बिरुद्द पत्रकार, राजनीतिक संघ संघठन र सचेत नागरिकले सचेत हुनु जरुरि छ । फोटो-दैनिकी डटकम

तपाइँको प्रतिक्रिया