यूरोप स्तरिय न्रित्य प्रतियोगिता: प्रथम र दोस्रो पुरस्कारनै नेदरल्याण्ड्सको पोल्टामा

यूरोप स्तरिय एकल न्रित्य प्रतियोगिता सम्पन्न भयो हिजो पेरिसमा । प्रतियोगितामा फ्रान्स, नेदरल्याण्ड्स, जर्मनी, स्पेन, बेल्जियम, डेनमार्क लगायतका मुलुकका नेपालीले भग लिए । तर प्रथम दोस्रो पुरस्कार हात पार्‍यो नेदरल्याण्ड्सले । पथम भइन्, सरिता हुमागाई र दोस्रो भईन् प्रतियोगिताकै सानी नानी समिरा बरुवाल । समिरा बरुवालको लोक न्रित्य र सरिताको आधुनिक न्रित्यले प्रथम स्थान ओगट्यो । तेस्रो भइन स्पेनकी सोबु क्षेत्री । चौथो अर्थात सान्त्वना पुरस्कार पायो नन्जिता गुरुङको न्रित्यले । उनी जर्मनीबाट सहभागि भएकि हुन् । सानी नानी समिरा बरुवाल । हलको पल्लो छेमा नाचिन् तर गतिलो तस्बिर लिन सहज भएन  । त्यसैले यो तस्बिर उनैका पीता पुष्प बरुवालको फेसबुकबाट अघिल्लो कार्ययक्रमको  राखेको हुँ।

प्रथम हुने सरिता हुमागाइको तस्विर । कसैलाई नेदरल्याण्ड्सले नै किन प्रथम र दोस्रो पुरस्कार लग्यो । छानबिन समिति पक्षपाती भयो कि ? किन जित्यो नेदरल्याण्ड्सले दुई महत्वपूर्ण पुरस्कार भन्ने लाग्ला । तर मेरो बिचारमा निर्णय एकदम ठिक थियो । म आफैंपनि गलत हुन सक्छु । तरपनि पहिलो र दोस्रो पुरस्कार जित्नेको नाच, गीत, कलाबारे म लेख्ने छु । धैर्य गर्नुहोला है त ?

 प्रथम हुने सरिता हुमागाइ र दोस्रो समिरा बरुवाल आफ्ना पुरस्कार सहित। 

स्वागत गीत र न्रित्यमा वालवालिकाहरु । आमोद सापकोटा र अन्य।

हलमा सहभागिहरु । सायद फ्रान्समा नेपालीका तर्फबाट एकदम शान्तिपूर्ण र आम नेपालीका लागि सुझबुझपूर्ण र बिबादरहित रुपमा भएको यो नै पहिलो कार्यक्रम हो । तर यसमा केहि स्वार्थ घुसे । समितिको सल्लाह र छलफल अनि निर्णय बिरुद्द गएर केहि निर्णय अकस्मात रुपमा भयो । त्यसको चिरफार गरेर नेपालप्लसले अर्को लेख लेख्ने छ । साह्रै मेहनत गरेकाको नाम किन आएन ? कार्यक्रमलाई भाँड्न, असफल बनाउन, सहभागि घटाउन सम्मिलितका हातबाट किन पुरस्कार बितरण गरियो ? किन समितिको निर्णय बाहिर गएर हलमा एक्कासि मनपरी केहि निर्णय गरियो ? आदि सबै विषयमा बिबेचना गरिने छ । अहिले चाहिँ हिजोका केहि तस्बिर हेर्नुस् है त ?

सहभागिहरुलाई स्वागत गर्न बसेका साना नानीहरु ।

सहभागिहरु ।

१३ वडाका उपमेयर तेरी कातालँ स्वागत मन्तब्य दिँदै ।

 

फ्रान्सका तर्फबाट भाग लिएकि पूज गुरुङको न्रित्य।

न्रित्य छनबिन र मूल्यांकन समितिका प्रदीप बम्जन, मों (मन्जुश्री) र कलाकार रेजिना उप्रेती । पछाडी स्पेनका कलाकार मेरा मित्र दिक कार्की ।

टोकन अफ लव को ताँती ।

तपाइँको प्रतिक्रिया