सपना र कर्तव्य

नवराज न्यौपाने / ताइपेइ, ताइवान 

मेरो दाँया हिँड्ने मन

रमाउँदै, खेल्दै हिँड्ने मन

तर मेरो कर्तव्य परायण मन

दाँया तिर लाग्नै दिएन

सबैको भावनालाई नकुल्ची हिँड्नै गाह्रो !! 

०००००००००००००००००००० 

भैगो, फलानोको लागि भन्दै

यो सपनाको पनि बलि चढाउ

सपना र कर्तव्य लाई जुदाऊ

तिम्रो मन कसले नियाल्ने

स्वतन्त्रताको रहस्य बुझ्नै गाह्रो !! 

०००००००००००००००००००० 

मेरो सपना,

कति देखासिकी, कति आत्मैदेखि

मेरो कर्तव्य,

कति आत्मैदेखि, कति जबरजस्ती

आत्मै देखिका सपना, आत्मै देखिका कर्तव्य

मेल गराउने धुनमा, दुवै अस्ताउने हुनकी

एउटा अनुत्तरित बिडम्बना

सपना र कर्तव्यलाई निस्पक्ष तौलनै गाह्रो !!

तपाइँको प्रतिक्रिया