नेपाल प्रहरीलाई फ्रान्सेली पोशाक

गुगल सर्च गर्दै जाँदा आज एउटा रोचक जानकारी पाइयो । नेपाल प्रहरीको यूनिफर्म (पोशाक) बारे । हाम्रा धेरै चिज भारतबाट आउँछन् । करकाप, डर, धम्की, बाध्यता, सांस्क्रितिक र भौगोलिक निकटता । अनेक कारणले गर्दा सियोदेखि फाली र जाली देखि नालीका सामानसम्म भारतमाथि भर छ । तर सायद त्यतिखेर भारतमा नभएर हो कि, नेपाल प्रहरीको आधिकारिक पोशाक फ्रान्सबाट लगिएको रहेछ ।

राजा प्रिथ्वी नारायण शाहले सन् १७६९-१७७५ को बिचमा यूरोपेली मोडेलका पोशाक लगेका रहेछन् नेपाल । कलकत्ता भन्सार हुँदै । त्यसलाई फ्रान्सेली सेनाको सहयोगमा हतियार कम्पनीले उत्पादन गर्न थालेछ । सन् १९७० सम्मपनि नेपाल हातहतियारको विकासमा नेपाल यूरोपतिरै भर पर्ने गरेको र त्यसमा फ्रान्सेली सेनाको सहयोग रहेको उल्लेख छ ।

नेपाल प्रहरीको ह्याट र कोट फ्रान्सेली सरकारले बनाउने रहेछ । नेपाल सरकारको अनुरोधमै त्यसरि फ्रान्सले उत्पादन गरेको रहेछ । कोटमा त्यो बेला हाम्रो राष्ट्रिय झण्डामा अंकित सूर्य र चन्द्र राख्ने चलनपनि रहेछ । हेर्नुस् त त्यतिखेरको पोशाक कति सुन्दर र बलियो देखिन्छ । अहिले त सारा भारतबाट आउँछन् क्यारे । फ्रान्समा बनेका पोशाक अहिलेपनि बलिया हुन्छन् नै । तर सायद भारतबाट किनिने हालका पोशाकको लागत कम पर्छ कि !

त्यसपछि सन् १८५० को २ अक्टोबरदेखि १० सम्म राणा प्रधानमन्त्री जंग बहादुरले फ्रान्सको भ्रमण गरे । यो नेपालको तर्फबाट पहिलो आधिकारिक भ्रमण थियो । उनी भ्रमणमा आएका बेला तत्कालिन फ्रान्सका शासक नेपोलियन तेस्राले उनलाई यो (चित्रमा) तरवार उपहार दिएका रहेछन् ।

त्यतिखेर किन लगियो फ्रान्सदेखि यस्ता पोशाक ? अचम्म छ । यसको आधिकारिक जानकारी कतै पाइन्न । फ्रान्सेली पोशाक स्तरिय भएकैले त अवस्यै होइन । किनभने भारतमा बेलायती शासक थिए । एउटा संभावित कारण के हुन सक्छ भने भारतमा बेलायती उपनिवेश भएकाले तिनको विरोधमा वा बेलायती उपनिवेशबादी चिनतनलाई बढावा नदिनकालागि रहेछ कि ?

तपाइँको प्रतिक्रिया