तराईमा फेरि आगो झोसिँदै छ, के हेर्दैछन मुख्य तिन दल ?

राजतन्त्र समाप्त भयो । तर नेपालका समस्या समाप्त भएनन । झन बल्झिए । जनताका दैनिक समस्या त यथावत छन नै । झन गम्भिर समस्या थपिएका छन । त्यो भन्दापनि ठुलो समस्या झन देश नै टुक्रिने हो कि भन्ने खडा भएको छ । नेपालको दूर्भाग्य भन्नु पर्छ-राजनितिक दलहरु सरकारमा नहुँदा अनेक रस बाँड्छन । लोभ देखाउँछन । सपना छर्छन जनतालाई यसो गर्छु र उसो गर्छु भन्दै । कुनै समस्याको दिर्घकालिन समाधान खोज्दैनन । सरकारमा बसेर टालटुले पाराले जे पनि हुन्छ र सकिन्छ भन्दै सहि गर्छन् सहमती जनाउँछन । सरकार बाहिर हुनासाथ सारा समस्या देखाएर बिरोध गर्छन । जनता उचाल्छन । अहिले त्यहि भैरहेको छ । सरकारमा भएको सद्भावना पार्टी र फोरम समेत सडकमा गएर तराईमा फेरि आन्दोलन गर्ने मनशायमा पुगेका छन । आगो झोस्न तम्तयार परेका छन । तर माओवादी, एमाले र कांग्रेस खासै गम्भिर बनेका छैनन

बिगतमा नेपाली कांग्रेसमा दशकौं बसे तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर । उनलाई कहिल्यै मधेश मुक्ति चाहिएन । आफु नेपली कांग्रेसमा रहेर मन्त्री पड्काउँदा कहिल्यै उनले मधेश हेपिएको, दबिएको, चुसिएको, पहाडेले दमन गरेको देखेनन । जन अधिकार फोरमका जय प्रकाश गुप्ता र बिजय गच्छदारले वर्षौं सत्ताको रस चाखे। त्यतिबेला मधेशी जनताको हित तिनलाई चाहिएन । बरु रज्य ठगेर कुम्ल्याउँदै ठिक्क भयो । अहिले मधेश आन्दोलका नाममा तिनले सारा समस्या देखेका छन । नेपाल सद्भावना पार्टी आनन्दी देवीका राजेन्द्र महतो, ह्रिदयेश त्रिपाठी लगायत अहिले मधेशका नाममा कुर्लिएका नेता सबैको हालत त्यहि हो । एकाएक रंग फेरेर एक मधेश एक प्रदेशको नाममा देश टुक्र्याउने नारा लिएर हिँडेका छन ति सबै दल ।

अचम्म त के छ भने सरकारमै भएका मधेशी दल फोरम र सद्भावना दुबै कुनैपनि बेला सरकार छोडेर आन्दोलनमा होमिने मनशाय र योजनामा छन । तिनको अभिब्यक्ति त्यहि छ । मधेशका दलमा आफ्नो नारा, आफ्नो बिधान, आफ्नो कार्यशैली, आफ्नो नितिमा पटक्कै बिश्वास छैन । तराईका दल मध्ये कुनै एकले आन्दोलनको घोषणा गर्‍यो भने अन्य दलपनि हत्त न पत्त आन्दोलनको घोषणा गरिहाल्छन । तराईका जनता अन्दोलन नभए आफ्नो पार्टीबाट ति सबै सर्लक्कै अर्को पार्टीको समर्थनमा पुग्छन भन्ने शामान्तबादी सोच छ तिनमा ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएर एक मधेश एक प्रदेशको माग राख्दै सडक आन्दोलनमा होमिएको छ तराई मधेश लोकतान्त्रिक पार्टी । सरकारमै बसेर फोरम र आनन्दीदेवीका नेताले त्यहि अभिब्यक्ति दिइरहेका छन । अब यि दल कुनैपनि बेला फेरि सडक आन्दोलनमा गएर तराईलाई अस्थिर बनाउँन सक्छन । यो बेला देश टुक्र्याउन चाहने मधेशका दल बिरुद्द नेपाली कांग्रेस, एकिक्रित नेकपा माओवादी, एमाले र अन्य दलाहरु एकजुट हुनुपर्ने हो । बिखण्डनबादीका हरेक आन्दोलन, अभिब्यक्ति र योजनालाई असफल पार्न यिनलेपनि तराई केन्द्रित आन्दोलन गर्नुपर्ने हो । गाउँ गाउँ र टोल टोलमा जनतालाइ एकिक्रित गरेर तिनका बिरुद्द जनतालाई परिचालित गर्नुपर्ने हो । तर नेपालको भूगोल एक रहन्न भन्दै आन्दोलनमा होमिँदापनि त्यतातिर मुख्य तिन दल गम्भिर भएको देखिन्न । सरकारमा रहेका मधेसवादी दलहरूले समेत आन्दोलन गर्ने चेतावनी दिइरहँदा संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले मधेसका समस्याको दीर्घकालीन समाधान खोज्न पहल गर्ने निधो गरेर साकारात्मक कामको थालनि त गरेको । तर अहिले मधेशमा माओवादी आफैं कमजोर अवस्थामा पुगेकाले उसको एक्लो प्रयास पर्याप्त देखिन्न । 

कांगेस, एमाले र एकिर्क्रित माओवादी, यि तिन दल एक भएभने एक मधेश एक प्रदेश वकालत गर्ने बिखण्डनवादीलाई परास्त गर्न किन सक्छन भने गत निर्वाचनमा जनताको मतले देखाएको छ, बिखण्डनबादीहरु नेपाली कांग्रेस, माओवादी र एमाले भन्दा शक्तिशाली छैनन । अर्थात गत निर्वाचनमा मधेशका जनताको मत बिखण्डनबादीको पक्षमा छैन । मधेशी जनताले अहिलेपनि तिनै मुख्य तिन दललाईनै पत्याइरहेका छन । त्यसैले, सत्तामा टाँस्सिने र सत्ता गिराउने खेलमा नलागि राष्ट्रियताको लागि एकजुट हुने हो भने एक मधेश एक प्रदेश भन्दै देशको सिमा चोक्टा पार्नेहरुका सपनालाई सजिलै धुलो पार्न सक्ने मत र तागत अहिलेपनि मुख्य तिन दलसँगै छ । तर माझिको सल्लाह हुँदाहुँदै सात गाउँ डुब्यो भनेझैं ति टुलुटुलु हेरेर खुट्टा तानातानमै रमाएका छन ।

तपाइँको प्रतिक्रिया