ओबामाले जितेर नेपाललाई हुन्छ केहि र उफ्रिने ?

us-president-barack-obama.jpg

विश्वको सर्वाधिक शक्तिशाली देशको राष्ट्रपती पद लिए बाराक ओबामाले । चर्चा हुनु स्वभाबिकै हो । संसार अब शारिरिक बलका आधारमा, हाते बन्दुक र पाखुराले लडिँदैन । बुद्दी, बिबेक, नैतिकता सब तपसिल भए । अब पैसा, धन, आधुनिक हतियारले जितिन्छ विश्व । लडाकु बिमान, आधुनिक हतियार, रकेट बम, शक्तिशाली क्षेप्यास्त्र छ भने मानवअधिकारका कुरा तपसिल बन्छन । बनिरहेछन । त्यसैको बलले त आज अमेरिकाले लाखौंको हत्या गरिरहेको छ । लाखौ घरबार बिहिन भैरहेछन । लाखौं लाखमाथि शोषण, दमन, अत्याचार, लुट गरेर उ आफ्नो देशमा धन थुपारिरहेको छ । उसलाई जेको खाँचो पर्छ, अमेरिकि नागरिकले अरुका मुलुकमा भएको जुन बस्तु चाहन्छन् अमेरिका बन्दुक र बलका भरमा देखावटि आरोप लगाएर त्यो कब्जा गर्छ । निसहाय मुलुक, असहाय नागरिक टुलु टुलु हेरेको हेर्‍यै ।

ईराक, प्यालेष्टाइन, अफ्गानिस्तान र अफ्रिकाका थुप्रै मुलुकमा अमेरिकाले त्यसैगरि युद्द मच्चाएको छ । अमेरिका हत्तपत्त कतैपनि औषधी, आहारा, पानी, किताब,  कापी,  कलम,  अर्ती, उपदेश, बुद्दी, बिबेक र समझदारी तथा मानवता लिएर जाँदैन । उ जुनसुकै देशमा रिस, इर्ष्या, बल, जबर्जस्ती, लुट, आरोप, बन्दुक लिएर जान्छ । लाखौंको हत्या गर्छ अनि एक जनाको उद्दार गरेको देखाउँछ । लाखौंको आहारा लुट्छ अनि एक जनालाई बाँडेर देखाउँछ । हजारौंलाई घाईते पार्छ अनि एक जनालाई अस्पत्ताल पुर्‍याउँछ । आफैं अक्रमण गर्छ अनि आफैं मध्यस्थता गर्छ ।प्रस्ताब आफं गर्छ, सहि आफैं धस्काउँछ । अगाडि अगाडि हतियारका लामा लस्कर अनि पछि पछि दुई गोली औषधीका चक्की । अमेरिकको मानव अधिकार, मानवता, प्रेस स्वतन्त्रता देखाउने दाँत हुन हात्तीका दाह्रा जस्ता ।

अमेरिकि आँखाबाट नेपाललाई हेर्दापनि अमेरिकाले नेपाललाई हेर्ने कुनैपनि निति परिवर्तन गर्ने अवस्था देखिन्न । किनभने अमेरिकाकालागि एउटा रणनैतिक ठाउँमा बसेको देश हो नेपाल । चिनलाई प्रभाव पार्नकालागि । अमेरिकाको स्वार्थ नेपालसित चिनलाई हेर्ने, घेर्ने, प्रभावपार्ने, चियाउने भन्दा अर्को छैन । नेपालसित अमेरिकाको न ब्यापार छ नत सांस्क्रितिक आर्थिक अन्य नातो । न नेपालसित पेट्रोल र डिजेल छ न त कोइला, फलाम । नेपालबाट पाउने के उसले ? त्यसैले आगामी ५० वर्षमा विश्वको सर्बोच्च शक्तिशाकी राष्ट्रका रुपमा उदय हुन लागेको चिनलाई कमजोर पार्न चाहिने एउटा भौगोलिक र राजनितिक स्थलबाहेक नेपाल अमेरिकाको लागि केहि होइन ।  नेपाललाई हेर्ने अमेरिकि नितिपनि परिवर्तन हुने छैन ।

थुप्रै ब्यापारी, उद्दोगपती, काला बजारीया र हतियार ब्यापारीका पैसा, लगानी, बल र प्रभावमा ओबामाले गत निर्वाचन जितेकालेपनि उनी तिनको चंगुलबाट सहजै फुत्किन पाउने अवस्थापनि छैन । उनले तिनैको स्वर्थ अनुकूल हिँड्नुपर्ने छ । बरु ओबामाले कम्तिमा अहिलेको वातावरणिय समस्या, अमेरिकास्वयंले लादेको युद्द, विश्वभरि अमेरिकाले फैलाएको त्रास, डर, धाक धम्कीलाई कम गर्न सकेपनि नेपालकालागि सबैभन्दा ठुलो मानसिक राहत र संतुष्टि हुनेछ । नत्र तत्कालकालागि ओबामा वा जोकोहि पुगोस व्हाईट हाउसमा, नेपालका लागि केहि लछारपाटो लाग्ने छैन । नेपालीहरुले छानै भत्किनेगरि उफ्रिएर खुशि मनाउनुको अर्थपनि छैन ।

तपाइँको प्रतिक्रिया