पेरिसमा तमु ल्होसारको तामझाम

क्रिसमस त पर्‍यो नै, तमु (गुरुङ) समाजको पर्व ल्होसारपनि पर्‍यो यो साता । त्यसैले एक पन्त दुई काम झैं गरेर पर्व मनाए तमु समाजले । यो जातिको संस्क्रिति, संस्कार र पहिरन यसै सुन्दर त हुन्छ नै, मेहनत र सत्कारपनि यीनको परिचय हो । अघिल्लो वर्षको ल्होसारलाई पछाडी पार्दै यो वर्ष झन तामझामका साथ मनाए पेरिसका तमु समाजले । उनीहरुसँगै अन्य जातजाति, धर्म, संस्क्रिति र समूदायकालाईपनि एक्ल्याएनन् । बरु निम्ता गरे, नचाए, बोलाए, सत्कार गरे ।

आफ्नो भाषा संस्क्रिति, संस्कार, संस्क्रिति र पूर्खाको चिनो जति धेरै समूदायले हेरिदियो, बुझिदियो उति फैलिन्छ । आफ्नो घेराबाट जति त्यसलाई तन्कायो बाहिरी समूदायमा त्यसको महत्व घट्दैन, कोहि साना हुँदैनन्, बरु त्यसको महत्व र गरिमा अझ चाक्लो भएर फिजिँन्छ । जातिय र भाषिक, धार्मिक र आफ्नै समूदायमा खुम्च्याउन चाहने स्वदेश र विदेशका सबैले यसबाट केहि सिक्न सक्छन् ।

यो वर्ष अझ व्यवस्थित गरे गत सालको भन्दा । खाना, पहिरन, सत्कार । संगितको पारा । न्रित्यमा   मिठास । यो वर्ष त झल हल नै लिएका थिए । आफ्नो मात्रिभूमीबाट टाढा भएपनि ठ्याक्कै नेपालतिरैको तमु भेटघाट र तामझम झैं सबै सरसामान जुटाउन भ्याएका । प्रशंसा निकैले गरे ।

अगाडि तिनजना तमुस्यो र पछाडी तिन जना तमु (महिलालाई तमुस्यो र पुरुषलाई तमु भन्ने चलन छ गुरुङ समाजमा) । आफ्नै पहिरन । गज्जब लाग्दैन त ?

आफ्नै पहिरन, आफ्नै संस्क्रिति । पूजा तमुस्योको न्रित्य ।

अतमु समाजको अर्को राम्रो पाटो, गौतम बुद्दको संझना, सम्मान र आदर । बुद्दको मूर्ती अगाद्ड् राखेर उनीहरुले कार्यक्रम मनाए । शान्तिका अग्रदूत गौतम बुद्दको सन्देशलाई व्यवहारमै फैलाउन कलिकति भएपनि सहयोग त पुग्ला, नयाँ पिँढीले हेरेरैपनि जान्न पाउँछन् नी !

गुरुङ जातिको पहिरन यी माथिका तिन तस्विरमा । क्या सुन्दर है ? पुरुषहरुले लगाउने भांग्रा र महिलाका ति गरगहना र चम्किलो चोलो । त्यसमा उन्मुक्त हाँसो ।

सेल रोटी र अचार त खानै पर्‍यो नी हैन ? नत्र कहाँ आफ्नो संस्क्रिति भो त ? यो वर्ष अझ व्यवस्थित गरे गत सालको भन्दा । खाना, पहिरन, सत्कार । संगितको पारा । न्रित्यमा   मिठास । यो वर्ष त झल हल नै लिएका थिए । आफ्नो मात्रिभूमीबाट टाढा भएपनि ठ्याक्कै नेपालतिरैको तमु भेटघाट र तामझम झैं सबै सरसामान जुटाउन भ्याएका । प्रशंसा निकैले गरे ।

सेलरोटी खाने होला की तमुस्योहरुलाई हेर्ने होला ? आगन्तुकहरुलाई सेल रोटी र अचार लगायत खाजा खुवाउन आफ्नो पहिरनमा उभिएका तमुस्योहरु । कति राम्री देखिएका है तमुस्योहरु ? !!!!

आफ्नो संस्क्रिति त्यसै जोगिन्छ युग युगसम्म ? आफ्ना वालवालिकालाई नसिकाए कहाँ जोगिन्छ ? पाकाले नसिकाए वालवालिकाले कसरि सिक्ने ? गुरुङ पहिरनमा मख्ख परेका साना नानीहरु ।

(हाम्रो कार्यक्रममा आउनु भो । हेरिदिनु भो । नाच्नु भो, गाउनु भो। फेरि फेरिपनि यसैगरि  आउने गर्नुहोला। तपाइहरु सबैलाई मेरो नमस्कार है त ? आगन्तुकहरुलाई सत्कार गर्दै सानी तमुस्यो)।

आफ्नो भाषा संस्क्रिति, संस्कार, संस्क्रिति र पूर्खाको चिनो जति धेरै समूदायले हेरिदियो, बुझिदियो उति फैलिन्छ । आफ्नो घेराबाट जति त्यसलाई तन्कायो बाहिरी समूदायमा त्यसको महत्व घट्दैन, कोहि साना हुँदैनन्, बरु त्यसको महत्व र गरिमा अझ चाक्लो भएर फिजिँन्छ । जातिय र भाषिक, धार्मिक र आफ्नै समूदायमा खुम्च्याउन चाहने स्वदेश र विदेशका सबैले यसबाट केहि सिक्न सक्छन् ।  यीनमाथि जातिय संगठन खोलेर हामी नेपाली भन्नु भन्दा पनि हामी फलानो जातको, हामी भिन्नै, हाम्रो संस्क्रिति धनी, हामी अब्बल समूदाय भनेर जातिय रेखा कोर्ने प्रयास गर्ने भए भनेर आरोप लगाउने र त्यसो नगरे हुन्थ्यो भनेर चिन्ता गर्ने दुबै थरीलाई यो त्यस्तो होइन भनेर आश्वस्त पार्ने तरिकानै यहि हो । यो व्यवहारमा देखिनुपर्छ । तमु समाजका सबै साथीहरुलाई त्यसको हेक्का रहिरहोस् । ल्होसारको शुभकामना !!!

(तस्विर : तमु समाज फ्रान्स)

तपाइँको प्रतिक्रिया