कसले शुरु गर्‍यो पम्फाका खुट्टा तान्न ?

maoist-leader-pampha-bhusal.jpgपहिले नेकपा (माओवादी) का नेता मात्रीका यादवले मच्चाउँथे । अहिले माओवादी र नेकपा एकताकेन्द्र मसालको एकता भएलगत्तै नयाँ पार्टीका तर्फबाट प्रलय मच्चाउन थालेकि छन स्थानिय प्रशासन मन्त्री पम्फा भुसालले । उनले दुई वर्ष राजधानीमा बिताएका सबै कर्मचारी अनिवार्यरुपले राजधानी बाहिर जानुपर्ने र अन्य सुगममा बसेकाहरु दूर्गममा गएर खटिनु पर्ने नियम बनाईन । यो कार्यान्वयन होला कि नहोला ? भन्न सकिने अवस्था छैन किनकि अहिलेनै त्यसलाई असफल पार्ने प्रयाश शुरुभैसकेको छ । उनका खुट्टा तान्न थालिसकेका छन । उनले सधैं दुर्गममा बसेर सेवा गरेपनि काठमाडौं र अन्य सुगमको अनुहार समेत देख्न नपाएकाहरुलाई राजधानी र सुगममा आएर काम गर्ने मौका दिने भएकि छन । निर्णयका रुपमा यो एकदम प्रशंसनिय कदम हो । 

उनले अस्ति यो नियम सुनाईन आफ्नै मन्त्रालयमा । त्यसको भोलिपल्टैदेखि बिभिन्न बहानामा आफु बाहिर जान नसक्ने रोदन देखाउँदै उनको मन्त्रालय धाउन थालिसकेका रहेछन् । हिजो यसो च्याट खोलेर बसेको त एक माओवादी नेता फ्याट्ट आइपुगे । पम्फाले मच्चाईन त ठुलै प्रलय, के हुने हो भनेर जिज्ञासा राखें उनलाई । पम्फालाई असफल बनाउने खेल शुरु भैसकेको छ सर भने । जिज्ञासा राख्दै गएको त उनले मन्त्रालयमा बिभिन्न बहाना देखाउँदै सरुवा हुन नचाहनेको भिड हिजै देखि बढ्न थालेको बताए ।

समाचार त गज्जबै आयो । लौन कामरेड यसो को को हुन ति छनक दिनु पर्‍यो भनें । दुई चार दिनमै थाह पाइहाल्नुहुन्छ नी सर कुन कुन नेताकहाँ धाउन थालेका छन भने। ज्यान गए नाम दिएनन । उनले कोहि त माओवादीकै केहि नेताको भनसुन लिएर आउने गरेको उल्लेख गरे । त्यस्ता मानिसहरुमा कोहि श्रीमती गर्भवती भएको, कोहि बिश्वबिद्दालय भर्ना भएको, कोहि बिरामी भएको, कोहि तालिम लिइरहेको बिभिन्न बहाना बनाएर धाउने गरेका रहेछन । कोहिले भने फलानो ब्यक्ति राजधानीमै चाहिन्छ हाम्रो पार्टीका लागिपनि, हिजो पार्टीकालागि सहयोग गरेको भन्ने सिफारिस बनाउनपनि माओवादी उच्च नेताकहाँ धाउँदै रहेछन । सधैं राजधानी, मुख्य शहर र सुगममा बसेकाहरु चाहिँ मज्जाले अत्तालिएका रहेछन दूर्गममा जान पर्ने भो भनेर ।

हिजो सत्ता र शक्तिका नजिक हुनेहरु सधैं राजधानी बस्थे । नेताका आफन्त, सरकार चलाउने पार्टी निकटकाले भन्सार, बिमानस्थल, कर कार्यालय, यातायात बिभागजस्ता अनियमितता र भ्रष्टाचार गरेर महिनामै करोडौं कुम्ल्याउन पाइने कार्यालयमा बस्थे । बाँकि हुनेखाने, टाठाबाठा र सत्तानिकट आफन्त हुने सधैं सुगममा बस्थे । कोहि नहुने पिडितहरु सधैं बिकटको बिकट । पम्फाले यो तोड्न खोज्नु आफैंमा राम्रो हो । यसले कम्तिमा सधैं शहर बस्नेलाई आफ्नो देशको फरक भूगोल, समाज, संस्क्रिति र परिस्थितिमा गएर कामको अनुभव दिन्छ । बिकटकालाईपनि सुगम र राजधानीको अनुभव । केहि वर्ष भएपनि अलि आरामदायी ठाउँमा काम गर्ने अवसर । सबै कर्मचारी सरकारकालागि समान हुन भन्ने संदेश ।

तपाइँको प्रतिक्रिया