नयाँ पार्टी बनाउन बैध्य पक्षिय नेता हुरुरु काठमाडौं
एक अर्काका भावना बुझ्ने, पार्टी नीति नमान्ने, आर्थिक घोटाला गरेको आरोप लगाउने लगायत मन मुटाव र तिब्र विवाद हुँदा हुँदै पनि माओवादी एक ठाउँमा थियो भौतिक रुपमा मात्रै । संस्थापन पक्ष भनिने प्रचण्ड बाबुराम र कडा नीतिका भनिने बैध्य पक्ष अलग धार, अलग बिचार र एक अर्काबिच आरोप प्रत्यारोप गर्दै आएका थिए ।
बैध्य पक्षले जनयुद्दका सबै नीति, मान्यता र मागहरुलाई प्रतिक्रियावादीको पाउमा सुम्पेर पार्टीलाई दलाल र बिदेशी प्रतिक्रियावादीको पुच्छर बनाएको अरोप संस्थापन पक्षलाई लगाउँदै आएका थिए । लामो समयसम्म यस्तो शिलशिला चल्यो । अब चाहिँ माओवादी दुई चिरा हुने भएको छ । यसको छनक केहिदिन अघि अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष र हाल माओवादी पार्टीमा शक्तिशाली युवा नेताका रुपमा चिनिने लेखनाथ न्युपानेले पार्टी परित्याग गर्ने जनसेना सहितको अर्को पार्टी गठन गर्ने भन्दै पार्टी फूटको संकेत दिएका थिए ।
नभन्दै एकिक्रित नेकपा माओवादी फुट्ने निर्णय भएको रहेछ । अब कुनैपनि हालतमा बैध्य पक्षहरु नयाँ पार्टी गठन गर्ने निर्णयमा पुगेका छन् । नयाँ पार्टीको घोषणा संस्थापन कति छिटो वा कति ढिलो घोषणा हुने भन्ने पक्षको रवैयामा भर पर्ने छ । तर उनीहरुले आउँदो फागून १ गतेबाट नयाँ पार्टी घोषणा गर्ने संभावना छ । फागून १ जनयुद्द शुरु गरेको दिन हो ।
अनेक बहानामा निरन्तर रद्द गरिँदै आएको माओवादी केन्द्रिय समित्को बैठकपनि पर्सि शुक्रबारबाट शुरु हुँदै छ । बैठक यो पटक रद्द हुने संभावना कम छ । यता यो बैठकमा कस्तो रणनीति अपनाउने भनेर माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैध्य ‘किरण”, सचिव सिपी गजुरेल र महासचिव रामबहादुर थापाको छुट्टै बैठक बसेको छ । यो पक्षले शुक्रबारको केन्द्रिय समिति भेलामा प्रस्तुत हुने रणनीति अपनाउन र नयाँ पार्टी के कसरि घोषणा गर्ने भनेर आफू पक्षिय केन्द्रिय समितिका सदस्य, आफ्ना पक्षका जनसेनाका कमाण्डर लगायत अन्य प्रभावकारी नेतालाई तुरुन्तै काठमाडौं आउन निर्देशन दिएका छन् ।
बैध्य पक्षले यस अघि अयोग्य भन्दै बाहिर निकालेका जनसेना, अहिले एक मुष्ठ प्याकेज लिएर बाहिर निस्किने जनसेना र अब नयाँ पार्टी सँगै बाहिर निस्कनेलाई समेत समेटेर नयाँ जनसेना पूनर्गठित गर्ने भएका छन् । प्रचण्डले करोडौं करोड अनियमितता गरेको प्रमाण लिएर बसेका भनिएका बैध्य पक्षले त्यसलाई दह्रो सित उठाउने, भारतसितको बिमा संझौता, मधेशी पार्टीसितको चार बुँदे संझौता लगायतका विषयलाई चर्काएर लैजाँदै संस्थापन पक्षलाई कमजोर पार्ने र नयाँ पार्टीको आवश्यकता परेको भन्दै औचित्य सावित गर्ने नीति लिएका छन् ।




