गजल

अनन्त केसी

होस् गुमाउने गरी पिउँ म,तिमीलाई के मतलब भयो 
वेवारिसे भई जिउँ म, तिमीलाई के मतलब भयो ?

+++++++++++++++++++

जतन गरी राखेको मन,सुम्पें मैले च्यात्यौ प्रिय 
फाटी हिँडौं या त सिउँ म, तिमीलाई के मतलब भयो ?

+++++++++++++++++++

सम्हालिनै गाह्रो भयो, बेआकार भो जीन्दगी यो 
यसलाई आकार नै नदिउँ म, तिमीलाई के मतलब भयो ?

+++++++++++++++++++

फुलाउन जीन्दगीलाई, माया गरें, ओईलाई झर्यो 
आफ्नै कात्रो किनी लिउँ म, तिमीलाई के मतलब भयो?

तपाइँको प्रतिक्रिया