यो देश जति तपाईंको हो, त्यती नै मेरो पनि
● कर्ण रोका / आम्स्टरडम, नेदरल्याण्ड्स्
यो देश जति तपाईंको हो, त्यती नै मेरो पनि हो,
तर किन छैन यहाँ मेरो अस्तित्व,
खै कहाँ छ मेरो मौलिक अधिकार,
मेरो भाषा न लेख्न सक्छु न बोल्न नै,
अनि यसलाई सुन्ने ठाँउ नै कहाँ छ यो देशमा,
+++++++++++++++++++++++
किन लडनु पर्छ यहाँ आफ्नो अधिकार खोज्न ,
थाहा छ, तपाईं म सरह नै हो यो देशमा,
तर तपाईं र म मा हेर्छु, फरक धेरै पाउँछु,
म छु आफ्नै देशमा हेपिएको आत्मा,
अनि तपाईं हुनु हुन्छ हाम्रो मालिक, भाग्य बिधाता,
अन्योलमा छु किन भयो मेरो यो दुर्गती आफ्नै देशमा,
+++++++++++++++++++++++
फेरी पनि सोच्छु,
यो देश जति तपाईंको हो त्यती नै हो मेरो पनि ।
अझ सोच्दा सोच्दै यो पनि सोची पठाउँछु,
देश त खाई सक्नु भयो, अब आफ्नै प्रणान्तलाई सपार्नु पर्ने देक्छु विकल्प,
अब यसै गर्छु, किन की,
“यो देश जति तपाईंको हो त्यती नै हो मेरो पनि” ।





