आउँ हामी इमान जमानको कुरा गरौं
-सुभासचन्द्र देवकोटा
आउँ हामी एकै छिन इमान जमानको कुरा गरौं,
थारै भए पनि देशको कुरा गरौं ।
कति छोरा छोरीको मात्रै चिन्ता गर्ने,
कति कमिसन र ठेक्काको मात्रै कुरा गर्ने,
घर घडेरीको कुरा पनि धरै गरियो,
आउँ हामी एकै छिन इमान जमानको कुरा गरौं,
थारै भए पनि देशको कुरा गरौं ।
हुम्लामा परेको अनिकालको कुरा गरौं,
जुम्लामा फैलिएको महामारीको कुरा गरौं,
नदी कटानमा परेको गाउको कुरा गरौं
आफनै बारेमा त धेरै कुरा गरियो,
आउँ हामी एकै छिन इमान जमानको कुरा गरौं,
थारै भए पनि देशको कुरा गरौं ।
कतै सीमा मिचिएको कुरा उठेको छ,
कतै भाइ लुटिएको कुरा छापिएको छ,
स्कुल चुहियो रे, अस्पताल ढल्यो रे,
कति आफ्नैको मात्र कुरा गर्ने,
सरुवा र बढुवाको कुरा पनि धेरै गरियो,
आउँ हामी एकै छिनर् इमान जमानको कुरा गरौं,
थारै भए पनि देशको कुरा गरौं ।
थिच्दै जन्मथात छोड्नेहरुको कुरागरौं,
आफन्तहरुको वियोगमा आँशु चुहाउदै बांच्नेहरुको कुरा गरौ,
भरीयाका कुरा गरौ, गोठालाहरुको कुरा गरौ,
कति स्वास्नी र साला सालीको मात्रै कुरा गर्ने
कति विदेश र डलरको मात्र कुरागर्ने,
आउँ हामी एकै छिन इमान जमानको कुरा गरौं,
थारै भए पनि देशको कुरा गरौं ।
फेडेरेसन अफ कम्युनिटी फरेस्ट्री यूजर्स अफ नेपाल
पुरानो बानेश्वर, काठमाडौं
ईमेल- [email protected]




