आशाका दीयोहरु

जानुका ढुंगेल खनाल

धिप्प धिप्प निभ्न खोज्दै बलिरहेछ्न दीयोहरु !

सुँक्क सुँक्क रुन खोज्दै बाँची रहेछन वियोगहरु !!

बाचा थियो चाँडै फर्कने दीयोमा तेल थप्ने !

कहिल्यै पनि फर्केनन् परदेशी निभ्न खोज्छन दीयोहरु !!

…………….. …………….. ……………..

अभिशाप तिम्रो के थियो भन्ने पत्तै पाएनौ साँचोहरु !

कसरी भरिपूर्ण गरूँ यहाँ तिमी बिनाका खाँचोहरु   !!

थाहा पाइयो पछि तिमी साग काटिए झैं काटिए छौ !

अपहेलित र निर्जीव भै दुश्मनको खुकुरीमा पोतिएछौ !!

कति थिए थिए व्यथाका कथा सुनाउनै पाईएन  !

सुँक्क सुँक्क रुन खोज्दै बाँचेका छन् बियोग हरु !!

…………….. …………….. ……………..

कति धेरै अनाथ हामी सुरक्षा बिनाका प्राणीहरु  !

विश्वभरका आतंकबादी मानवता बिनाका खुनिहरु !!

धिप्प धिप्प निभ्न खोज्दै बलिरहेछ्न दीयोहरु !

सुँक्क सुँक्क रुन खोज्दै बाँची रहेछन वियोगहरु !!

 (ईराकमा हत्या गरिएका १२ जना नेपालीको सम्झनामा)

तपाइँको प्रतिक्रिया