गजल
–नेपोलियन मरहट्टा,
देशै बेच्ने सन्धि गरेका नेता,
मेरै देशमा रैछन् मरेका नेता ।
लाएनन देशलाई कहिल्यै उकालो,
ति त सधैं ओराली झरेका नेता ।
सत्ताको निँहुमा जनहत्या गरी,
आफ्नो मात्रै भुँडी भरेका नेता ।
जती खाए पनि अघाउँदैनन किन ?
सिंहदरबार भित्र चरेका नेता ।
मौका परे जनता पनि बेचिदिन्छन,
जिउँदैमा नर्ग परेका नेता ।
‘ईन्द्र‘लाई भेटी पनि मैले सोधे,
छैनन रे स्वर्ग तरेका नेता ।




