भारतीय खुफिया एजेन्सीसित प्रचण्डको किन गोप्य भेटघाट ?

(प्रचण्डले खुफिया एजेन्सीका कर्मचारी भेटेको भन्दै बादल र किरणले बुझाएको ज्ञापनपत्रको आठौं बुँदा)

कहिले पूर्वतिर बेपत्ता हुने त कहिले मलेशिया । कहिले सिंगापूर त कहिले भारत जान्थे खुसुक्क खुसुक्क माओवादी अध्यक्ष प्रचण्ड । लुकि लुकि झल्याक झुलुक्क हिँड्ने गर्दा खास कारण खुलाइँदैनथ्यो । गत महिना भारतको सिलिगुढी पुगेका उनले आफ्ना ज्वाईँ भेट्न गएको बताएका थिए । तर सिधै ढाँटेका रहेछन् । आफ्नै ज्वाइँ भेट्न जाँदापनि किन लुकेर, खुसुक्क जानुपर्ने ? शंका धेरैले गरेका हुन् । त्यसको वास्तबिकता अहिले सार्वजनिक भएको छ । उनी त यसरि लुकिलुकि जाने गरेको त भारतीय खुफिया एजेन्सीहरुसित भेटघाट गर्न पो रहेछ ।

त्यसको पत्तो पाउनेपनि उनैको पार्टीका कामरेड हुन् । वरिष्ठ उपाध्यक्ष मोहन बैध्य किरण र महासचिव राम बहादुर थापा ‘बादल’ ले पार्टी पद्दति अनुसार हाकै यो आरोप लगाएका हुन् । यो आरोप कुनै भाषणमा लगाइएको होइन । उनीहरुले पार्टीमा लिखितरुपमा पार्टीमा ज्ञापनपत्र बुझाएपछि नपत्याउनुपनि कसरि ?

उनीहरुले मलेशिया र सिलिगुढीमा खुफिया एजेन्सीका कर्मचारीसित प्रचण्डले गोप्य भेटघाट गरेको ठोकुवा गरेका छन् । त्यस्तो भेटघाट गोप्य राखिएकोले पार्टी र जनता समक्ष सार्वजनिक गर्नपनि माग गरिएको छ । देशको प्रधानमन्त्री जस्तो पदमा पुगिससेको र पार्टीको अध्यक्ष जस्तो ब्यक्तिले आफ्नो पदको मर्यादासम्म नराखेको भन्दै कडा आलोचना गरेका छन् ।

हुनत दुई साता अघि नेपल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष मोहन बैध्य ‘किरण’ले खुसुक्क लुकेर सिलिगुढी किन गए प्रचण्ड ? भन्दै भारतीय कुनै एजेन्सी वा गोप्य साँठगाँठका लागि गएको संकेत गरेका थिए । उनले भनेका थिए ‘आफ्नो ज्वाईँ भेट्नपनि कोहि लुकि लुकि जान्छ ? आफ्नो ज्वाइँ भेट्न त सानले बाजा बजाउँदै गइन्छ नी’ । तर उनले स्पष्ठसित बताएका थिएनन् । अहिले भने सायद उनीहरुले राम्रोसित पत्ता लगाए होलान् र लिखितरुपमै बिरोध गरे । बबुराम भट्टराईलाई भारतीय विस्तारवादको समर्थक भनेर आरोप लगाउँदै आएका प्रचण्ड आफैंले भने यसरि भारतीय खुफिया एजेन्सीका कर्मचारी किन भेटे ?

तपाइँको प्रतिक्रिया