देशलाई माया गर्नेहरु
● डा हरिकुमार श्रेष्ठ / ताइपेई, ताइवान
मातृभूमी रोइरहिछिन् जनता सबै निरन्तर कराइरहेछन् ।
तर किन यहाँ शान्ति र विकास सबै चिज हराइरहेछन् ।।
के शान्ति र विकास दिल्लीसँग लगन गाँठो कसिएको हो ?
के हामी सबै लाचार र पतित भै उनीहरुसँग फसिएको हो ?
०००००००००००००००००००००००
अनि जब देशले बाटो कोर्न थाल्छ तब दिल्ली तात्न थाल्छ ।
बिपक्षीमा उभिएकालाई उचाली ज्वारभाटा उकास्न थाल्छ ।।
परापूर्वकालदेखि यस्तै चलिरहेछ अब कहिलेसम्म चल्ने हो ?
यो परम्परा देशलाई अफापसिद्ध छ अब कहिले ढल्ने हो ?
०००००००००००००००००००००००
हिजोआजका घट्नाक्रममा निकै षडयन्त्र लुक्याजस्तो छ ।
सिनोमा मरिहत्ते गर्नेभने सिनो नपाई फेरी भुक्याजस्तो छ ।।
सरकार बन्न पाछैन चहल पहल गरमा गरम भैरहेको छ ।
संयोगमात्र भन्ने कि नियोजित दिल्ली भ्रमण गैरहेको छ ।।
०००००००००००००००००००००००
बन्नेछन् सरकार बिरोधी सशस्त्र मोर्चा च्याउ उम्रेको सरी ।
तान्डब नृत्य नहोला भन्न पनि सकिन्न गरी उनकै मनपरी ।।
अनि कायल पार्नेछन् यी सत्ताका बागडोर सम्हाल्नेहरुलाई ।
अनि पुरस्कृत गर्नेछन् ती नयाँ ज्वारभाटा उचाल्नेहरुलाई ।।
०००००००००००००००००००००००
यदि जुटे राष्ट्रप्रेमी आफैं देशको आमूल रक्षा र विकास गर्न ।
सरल हुनेछन् देशका यी सबै जटिल समस्याको निकास गर्न ।।
बनाउ मोर्चा कस मोर्चा देशको मुहार फेर्न चिन्ता गर्नेको ।
बढाउ आफ्नै मूल्य र मान्यता यो देशको माया गर्नेहरु हो ।।





