फ्रान्समा नेपाली सेकुवाको मारामार

अनुराधा पौडेल, पेरिस, फ्रान्सविदेश भासिएका नेपालीलाई नेपालमा झैं फुर्सदिलो भएर बस्न नपाइने। हप्ताभरि काममा गइरहनपर्ने। फुर्सद भेट्टाउन बल्लतल्ल हप्ताका अन्तिम दुई शनिबार आइतबारका दिन कुर्नुपर्ने। जतिबेला पायो उतिबेला फोन गर्न पनि नपाइने। पूर्व जानकारीबिना साथीभाइको घर जान पनि नपाइने हुनाले भन्दाभन्दै नेपालीलाई भेटघाटको अवसर जुट्दैन। त्यसैले सबैका लागि अवसर जुटाउन पूर्वयोजना तयारीका साथ भेटघाट , छलफल उत्सवको समय मिलाउँछन् , विदेशमा नेपाली।  

फ्रान्सको राजधानी पेरिसमा पनि यसै गरे नेपाली गृह निर्माण समितिका पदाधिकारीहरू मिलेर। नेपाली गृह निर्माण समितिले दुई वर्षगाडि पहिलो गृष्मकालीन नेपाल महोत्सव आयोजना गरेको थियो, राजधानी पेरिसमा। त्यसैलाई निरन्तरता दिँदै दोस्रो गृष्मकालीन नेपाल महोत्सव पनि आयोजना गर्ने निर्णय महिना पूर्व नै गरियो। तर, कसरी कार्यक्रम सम्पन्न गर्ने, महोत्सवमा केके चीज राख्ने, कोकोलाई बोलाउने, परिकार के ख्वाउने, जनशक्ति कसरी जुटाउने, कस्तो सामान बिक्री गर्न प्राथमिकता दिने भन्ने कुराको निधो गर्न भने अलि कठिन नै भयो , किनभने पर्यटन प्रबर्द्धनको काम काठमाडौंको नेपाल पर्यटन बोर्ड व्यापार प्रबर्द्धनको काम व्यापार प्रबर्द्धन केन्द्रले गर्दछ। तैपनि पर्यटन बोर्ड व्यापार प्रबर्द्धनको काम जानी नजानीकन आफैंले गर्नैपर्ने भएपछि कार्यक्रमको खाका तयार भयो।  

सोही तयारी अनुसार यही जुनको तारिखमा अत्यन्तै सफलतापूर्वक नेपाल महोत्सव सम्पन्न भयो। पेरिसको दक्षिणपूर्वी कुनामा अवस्थित निकै पुरानो प्रख्यात दरबार सातो भासँको झण्डै हरियो जङ्गलजस्तो लाग्ने विशाल बगैंचाभित्रको बौद्ध गुम्बामा। गुम्बा आफैंमा आर्श्चर्यजनक छ। गुम्बाभित्र अग्लो उचाईमा मंगोलियन अनुहारका बुद्ध ध्यानमुद्रामा विराजमान छन्। ध्यानमुद्राको शैलीमा रहेका बुद्धको अनुहारमा देखिने शालीनता नम्रता हामीले देख्ने गरेको बुद्धको भन्दा निकै फरक छ। बुद्धको फरक मुद्राबारे नेपाल महोत्सव हेर्न आएका एक फ्रान्सेली इमानुएल मेर्नरोको रमाइलो प्रतिक्रिया थियो – “एशियाका बुद्ध घुम्दै फ्रान्स आउँदा शायद मंगोलियनजस्तै भए होलान्। जस्ता भए पनि श्रद्धाले शीर निहुराउँछन् नेपाली उनका पाउमा धुप बाल्छन्। उनकै पाउमा धुप बालेर बौद्ध भिक्षुहरूद्वारा मन्त्रोच्चारण गरेर नेपालीमहोत्सव पनि शुरु भएको थियो।

 नेपाल महोत्सवको निहुँ पारेर दक्षिण एशियाका राजदूत प्रथम सचिव, नेपाल हेर्ने वर्तमान फ्रान्सेली सांसदहरू, नेपालप्रति अगाध माया देखाउने फ्रान्सेली, सर्म्पर्कमा रहेजति नेपाली नेपाली दूतावास सबैलाई बेलैमा निम्तो पठाइयो। नेपाल हेर्ने फ्रान्सेली सांसदहरू तथा दक्षिण एशियाकै राजदूतहरू कार्यक्रम स्थलमा खै किन हो आइपुगेनन्। तर, फ्रान्सेली पूर्व सांसद र्रबर्ट फल कार्यवाहक नेपाली राजदूत निरञ्जनमान सिंह बस्नेतलाई भने आयोजकहरूबाट धन्यवाद प्रशंसाका शब्दहरू व्यक्त गर्ने अवसर मिल्यो।  

 

नेपालीहरूमा भएको सामुहिक भावना जहाँ पनि प्रशंसाको विषय बन्ने गर्छ। महोत्सवमा पनि केही नेपालीहरूले गरेको निःशुल्क श्रमदान सामुहिक कार्यको नेपाली चिन्ने विदेशीहरूले खुब प्रशंसा गरे। महोत्सव हेर्न आउनेलाई नेपाली खाना, मःमः, सेकुवा, जेरी, लड्डु, दालभात, तरकारी, मासु अचारका परिकार चखाउने निधो पहिले थियो। त्यसैले यी चीज तयार पार्न निःशुल्क श्रमदान गरेझण्डै दुई दर्जन नेपालीले। त्यसो फ्रान्सेलीहरूले पनि कम्ती सहयोग गरेनन्। नेपाली ध्वजा पतकाले कार्यक्रम स्थल सिँगार्न , नेपाली स्टलहरूमा बसेर सामान बिक्री गरिदिन, स्टलहरू तयार पारिदिन उनीहरूले पनि सित्तैमा सहयोग गरे। आयोजक संस्था नेपाली गृह निर्माण समितिका महासचिव हरिहर अर्यालका अनुसार नेपाली मःमः सेकुवा बेलैमा सकियो मागअनुसार पूर्ति गर्न सकिएन।  

के भयो महोत्सवमा ? 

महोत्सवको पहिलो दिन पिएर मुलर भन्ने फ्रान्सेलीले मानव हैसियतमा बुद्ध दर्शन शिर्षकमा प्रवचन दिए। त्यसैगरी , मुलाल गुरुङले हिमाली जीवन शिर्षकमा आफूले हिमाल चढ्दा ओर्लंदा प्राप्त अनुभूति बारे प्रवचन दिए। फ्रान्समा चढ्न लायकका साना तीनवटा हिमालहरू छन् , तर यी हिमालहरू फ्रान्सेलीका लागि छोटो समय छुट्ट मनाउन जाने हिउँ चिप्लेटी खेल्ने खेल मैदानहरू छन्। हिमाल भनेपछि हुरुक्क हुने फ्रान्सेलीका लागि मुलामको प्रस्तुति सह्रानीय रह्यो। यसैगरी फ्रान्समा रहेर पूर्विय शास्त्रीय संगीत सिकाउने सीतारवादक गुरु नरेन्द्र बराजुको प्रस्तुति पनि महोत्सव सफल पार्ने एउटा विषय बन्यो। नेपाली इञ्जिनियर निर्मल अर्यालको फ्रान्सेली भाषामा उद्घोषित नेपाल महोत्सवमा सुभद्रा घिमिरे , ज्योति अर्याल चन्द्रा गुरुङ व्यवसायिक नृत्यकारहरूझैं नाचे। महोत्सवका दुवै दिन यी तीन नेपाली चेलीहरूले विभिन्न नेपाली पोशाकमा नृत्य देखाइरहे। उनीहरूलाई सघाउन थुप्रै नेपाली पुरुष पनि त्यहाँ भेटिए, जसले दोहोरी गीतमा नाचे। काठमाडौंको भव्य कर्न्र्सटहरूलाई बिर्साउने यी नृत्यहरू हेरेर कोही पनि अघाएन।  

नेवारी समुदायमा कुमारी निकाल्ने परम्परालाई फ्रान्समा बसोबास गर्दै आइरहेका एक नेवारी परिवारले दुवै दिन निरन्तरता दिए। नक्कली कुमारी भएर के भयो , हाम्रो परम्परार संस्कृतिको छनक दिने कुमारी जात्रालाई यहाँका विदेशीले तस्वीरमा गर्नसम्म कैद गरे। फ्रान्सको नर्मदी शहरका डीडीए बेर्नार्ड पेशाले चिकित्सक हुन्। तर , उनी नेपालका लागि अबैतानिक वाणिज्य दूत हुन्। यिनका छोराछोरी नेपाली हुन् नेपालबाट धर्मपुत्र पुत्रीको हैसियतमा फ्रान्स आइपुगेका हुन्। उनको परिचय यतिमा सीमित राख्दा उनीमाथि अन्याय हुन्छ। नेपालका बारे उनको मस्तिष्कमा अथाह ज्ञान इतिहासका केस्राकेस्रा उनलाई थाहा छ। नेपाल वास्तवमा के हो भन्ने कुरा शायद नेपाली दूतावासले चिनाउन पथ्र्यो , तर त्यो काममा दूतावासको रुचि देखिएन।

नेपालको विविधता र्छलङ्ग पार्ने क्रममा भने माओवादी द्वन्दबाट सिर्जित राजनीति अन्योलताबारे उनले केही बोलेनन्। तर, नेपाल चिन्ने फ्रान्सेलीहरूले उनलाई किन छोड्थे ? माओवादीले चन्दा लिन्छन् , ट्रेकिङ्ग जाँदा भेट हुन्छ भनेर किन जानकारी नदिएको भनेर प्रश्न उठाउनासाथ उनले सटिक जवाफ दिएप्रजातन्त्रको लामो इतिहास यस्तै हुन्छ। यो नयाँ विषय होइन, फ्रान्समा पनि पाँच पटक जणतन्त्र आइसक्यो। उनीहरूबाट पर्यटकहरूलाई खतरा छैन। यसैगरी अर्को फ्रान्सेली महिला मञ्जुश्री (पछि परिवर्तित नाम) पनि यहाँ सबैका आकर्षणको केन्द्र बनिन्। काठमाडौं कीर्तिपूरका स्वर्गीय गुरु मृगेन्द्रमान सिं प्रधानकी चेली हुन् उनी। लगातार सात वर्षम्म उनले गुरुबाट मञ्जुश्री नाचमात्र होइन शास्त्रीय नृत्य धेरै सिकिन्। अहिले उनले यही शास्त्रीय नृत्य सिकाउँछिन्। उनले मञ्जुश्री अर्को शास्त्रीय नृत्य देखाएर धेरैको र्समर्थक पाइन्। त्यसो उनले आफ्ना तीन फ्रान्सेली चेलीहरूलाई पनि नेपाली गीतमा नचाइन्। नेपाली भाषामा पनि उनी त्यत्तिकै पोख्त छिन्। जनआस्था, काठमाडौं, आषाढ १५, २०६२ (June 29, 2005)

तपाइँको प्रतिक्रिया