जोरी खोज्दै पाकिस्तानी सेना भारतिय सिमानामा

indian-border-security-fo-001.jpg

गत महिना बम्बैमा भएको आतंककारी हमलापछि भारत र पाकिस्तानबिच यसैपनि युद्द हुनसक्ने त्रास थियो । शुक्रबारदेखि पाकिस्तानले अफ्गानिस्तानको सिमा क्षेत्रमा भएका आफ्ना सैनिकहरुलाई झिकेर भारतिय सिमा क्षेत्रमा पुर्‍याएपछि भारत र पाकिस्तानबिच झन तनाब हुने देखिएको छ । पाकिस्तानले अस्ति आफ्ना हजारौं सैनिकहरु भारतको पूर्वी सिमा क्षेत्रमा तैनाथ गरेपछि झन तनाब देखिनु स्वभाबिकै हो । विशेषज्ञहरुले गत महिना बम्बैमा भएको हमलापछि अहिलेको अवस्थालाई सबैभन्दा भयपूर्ण भन्ने टिप्पणी गरेबाटपनि बुझ्न सकिन्छ अहिले भारत र पाकिस्तानबिचको तनाब ।

आणबिक शस्त्रले सुसज्जित दुबै देशबिच युद्द भैहाल्ला भन्नेमा शंकै भएपनि दुबै देशले एक अर्काका सिमामा सैनिक तैनाथ गरेकाले द्वन्द झन चर्किने भय चाहिँ प्रकट गरेका छन । पाकिस्तानले तनाब कम मानिएका ठाउँका सैनिक झिक्दै सिमा क्षेत्रमा तैनाथ गरिरहेको छ । सरकारी अधिकारीहरुले सेना तैनाथ गरेको अस्विकार गरेका छन । तर बिभिन्न पत्रपत्रीका र रिपोर्ट तथा प्रत्यक्षदर्शीहरुले पाकिस्तानी सेनाहरु ट्रक का ट्रक सिमा क्षेत्रतिर ओसारेको उल्लेख गरेका छन । यता पाकिस्तानले आफ्ना सैनिकहरुमाथि छुट्टिलिन बन्देज गरेको छ भने उता भारतले आफ्ना नागरिकहरुलाई पाकिस्तान नजान आग्रह गरेको छ । यसबाटपनि भारत र पाकिस्तानबिच कुनैपनि बेला अप्रिय घटना हुनसक्ने संकेत पाउन सकिन्छ ।

बम्बैमा भएको आतंककारी हमला पाकिस्तानमा रहेका प्रिथकताबादीहरुले गराएको र त्यसमा पाकिस्तानका केहि सैनिकहरुको समेत सहयोग रहेको भारतले आरोप लगाउँदै आएको छ । पाकिस्तानले त्यस्तो कुनै प्रमाण भए पाकिस्तान समक्ष पेश गर्न चुनौति दिँदै आएको छ । र आफुले तिनको पक्राउ र कारवाहीका लागि सहयोग गर्न आश्वस्त पारेपनि भारतले लगाएको आरोपको कुनै प्रमाण नदिएको पाकिस्तानले बताउँदै आएको छ ।

सन २००१ मा भारतमा आतंककारी हमला हुँदा पनि भारतले अहिलेझैं पाकिस्तानको संदिग्ध लडाकू समूहमाथिनै आरोप लगाएको थियो । त्यतिबेलापनि दुबै देशका सेना आआफ्ना सिमानामा तैनाथ गरिएका थिए । त्यो बेलापनि अहिलेझैं द्वन्दको त्रास छाएको थियो दुई देशबिच । पछिल्ला रिपोर्टहरुमा भारतलेपनि आफ्नो पाकिस्तान सँगको सिमा क्षेत्र राजेस्थानमा आफ्ना सैनिकहरु तैनाथ गरेको उल्लेख छ । गत नोभेम्बर २६ का दिन बम्बैमा हमला भएपछि भारतिय अधिकारीहरुलेपनि आगामी अप्रिल महिनासम्मकालागि आफ्ना सेनाहरुले छुट्टि लिन नपाउने आदेश गरेको रिपोर्टहरुमा उल्लेख गरिएको छ ।

भारत र पाकिस्तानबिच बढ्दो तनाबसँगै भारतिय प्रधानमन्त्री डा मनमोहन सिंले स्थल, जल र हवाई सैनिक अधिकारीहरुसँग पटक पटक भेटेकालेपनि थप त्रास स्रिजना गरेको देखिन्छ । भारत र पाकिस्तान दुबै तर्फका अधिकारीहरुले युद्दको संभावनालाई त नकार्नेनै भए आधिकारीकरुपले । तर विश्लेषकहरुले भने सबै संभावनालाई नकारेका छैनन ।

 

 

द गार्डियन दैनिक र इन्टरनेश्नल हेराल्ड ट्रिब्युनको सामाग्रिका आधारमा तयार पारिएको । फोटो साभार-द गार्डियन दैनिक

तपाइँको प्रतिक्रिया