छानवीन गर्ने भन्दै ब्लगरलाई धम्की

फ्रान्समा रहेका ब्लगर ददी सापकोटालाई त्यहाँका नेपाली राजदुतावासका कर्मचारीले अहिले चोरलाई चौतारो साधुलाई सुली झै व्यवहार गरेर हैरान बनाएका छन्। नेपालप्लस मार्फत ब्लगीङमा सक्रिय सापकोटाले दुतावासमा भईरहेको अनियमितता सार्वजनिक गरेपछी उनीविरुद्ध राजदुत मोहनकृष्ण श्रेष्ठले आफैं छानवीन गर्ने भन्दै दुतावासमा उपस्थित हुन कडा पत्र पठाएका छन्। छानवीन गर्ने क्षेत्राधिकार उनको हैन। यो पत्रको आशय मानसिक त्रास दिनेमा केन्द्रित देखियो।

तीज मनाउने भन्दै राजदुत पत्नीको नाममा पेरिसमा रहेका नेपाली महिलालाई दुतावासको पत्रमा निम्तो बाडेको विषयमा नेपालप्सलमा अगष्ट ६ मा प्रमाणसहितको सामाग्रि प्रकाशित भएको थियो। कार्यालयले गर्ने आधिकारीक कार्यक्रमबोहक अन्यमा कार्यालयको लेटरप्याड र छाप प्रयो गर्नु गैर कानुनी हो। तर, दुतावासको पत्रमा प्रष्टै महामहिम राजदुतज्युको श्रीमती सजना श्रेष्ठको कार्यक्रम भन्दै दुतावासको आधिकारीक लेटरप्याड र छाप प्रयोग गरेर निम्ता बाडिएको छ।

राजदुत आफैंले आयोजना गरेको कार्यक्रम भएको भए यसरी निम्ता बाड्दा कुनै आपत्ति हुने कुरा पनि भएन। तर,श्रीमतीको नाममा उनले कुन हैसियतमा पत्र बांडे त्यो भने आश्चर्यको कुरा हो। अनजानमा पनि यस्तो गल्ती भएको हुनसक्छ। त्यसैले दुतावासले गरेको गल्ती औल्याउंदै नेपालप्लसले सामाग्रि प्रकाशित गर्दा सच्याउनुको साटो राजदुत श्रेष्ठले उल्टो आफ्नो पावरको दुरुपयोग गर्दै निरन्तर ब्लगरलाई धम्याउनु खेदजनक विषय हो। उनको व्यवहारवाट उनले अनजानमा नभई जानाजान राजदुत ओहदाको दुरुपयोग गरी परिवारका सदस्यको नाममा दुतावासको लेटरप्याडको प्रयोग गरेको दुतावासकै पत्रवाट पुष्टी हुन्छ।

दुतावासको पत्रमा राजदुतको श्रीमतीको नाममा बाडिएको निम्तोको विषयमा सामाग्रि प्रकाशित भएको १२ दिनपछी दुतावासले अगष्ट १८ मा प्रकाशित सामाग्रिबारे आफ्नो धारणा सार्वजनिक गर्दै प्रकाशित सामाग्रि पूर्वाग्रही र एकतर्फी भएको दावी गरिएपनी राजदुतकी श्रीमतीको नाममा के को आधारमा दुतावासको लेटरप्याड प्रयोग गरिएको हो सो भने कतै उल्लेख नगर्नुले समेत राजदुतले गल्ती महसुस गरेको पुष्टी हुन्छ नै।

नेपालप्लसले दुतावासले जारी गरेको पत्रलाई पनि उचित प्राथमिकता दिएर प्रकाशित गरेको थियो। तर, यत्तिमा मात्र चित्त बुझेनछ राजदुतज्युको अनी आफैं न्यायधिष बनेर पुन २३ अगष्टमा उनले नेपालप्लसका प्रकाशित सामाग्रीमाथी संवेदनशिल भएर छानवीन गर्नुपर्ने भएको भन्दै परिचय पत्र सहित दुतावासमा उपस्थित हुन उर्दी जारी गर्दै अर्को पत्र पठाएछन्।

तीज देखी छानवीन गर्नेसम्मको पत्र हेर्दा कस्ता कस्ता ब्यक्ति राजदुतमा नियुक्त हुँदा रहेछन् भन्ने पुष्टी भयो। राष्ट्रको प्रतिधिनिधित्व गर्ने दुतावास जस्तो संवेदनशिल कार्यलयको पत्र श्रीमतीको कार्यक्रममा प्रयोग गर्ने उनी अनी  राजदुत अनी त्यो सामाग्रि प्रकाशित गर्यो भनेर आफ्नो क्षेत्राधिकार नाघेर छानवीन गर्ने धम्की पनि दिने?

छानवीन नेपालप्सलमा प्रकाशित सामाग्रिबारे हैन,राजदुतको गैर जिम्मेवार हर्कत विरुद्ध हुनुपर्छ। उनले कुन आधारमा, कुन अधिकार क्षेत्रमा बसेर श्रीमतीको नाममा दुतावासको आधिकारीक लेटरप्याड प्रयोग गरे? के उनले यसको पुष्टी गर्न सक्छन्?

प्रमाण सहित प्रकाशित भएको सामाग्रि कसरी कपोलकल्पीत भयो?  कि त्यो पत्र नै नक्कली हो? नक्कली भए दुतावासले पुष्टी गर्न सक्नुपर्छ। अनी प्रकाशित सामाग्रिबारे छानवीन गर्ने अधिकार दुतावासलाई कसले दियो?

उनको पत्र अनुसार उनले नेपालप्लसमा प्रकाशित सामाग्रिबारे नेपाल प्रेस काउन्सीलमा उजुरी गरिसकेका रहेछन्। यदी काउन्सीलको क्षेत्राधिकार रहेछ भने उसले कुनै प्रकृया अगाडि बढाउँला नै। तर,गम्भिर छानवीन गर्ने भन्दै उनले जसरी नेपालप्लसका ब्लगरलाई चेतावनीपूर्ण शैलीमा पत्र पठाएका छन् त्यसवाट उनको नियत प्रष्ट हुन्छ नै।

राजदुत महोदय,त्यसैले आफुले गरेको गल्तीको प्रायश्चीत गर्नुस्,राजदुत हुँ भन्दैमा जे पायो त्यही नगर्नुस्। राष्ट्रको प्रतिनिधि भएका आधारमा फ्रान्समा रहेका नेपालीको हित संरक्षण गर्नु तपाईको दायित्व हो। धम्क्याउने हैन।

यदी कसैले बदनियतपूर्ण काम गरेको छ भने, त्यसको कानुनी उपचारको बाटो समात्नुस्। अनी राजदुत भए भन्दैमा, श्रीमती, छोरी, काका, मामा,साला, सालीको नाममा राजदुतको हैसियतमा राज्यले दिएको अधिकारको दुरुपयोग रोक्नुस्।

(हाम्रो ब्लग बाट साभार)

सहारा डट कममा हिजो प्रकाशित तलको समाचारपनि हेर्नुस्-

नेपालप्लसलाई दूतावासको धम्कि 

 भदौ १० पेरिस फ्रान्सबाट सञ्चालन भैरहेको नेपाली भाषाको एक मात्र समाचार अनलाइन ब्लग नेपालप्लस डटकमलाई फ्रान्सस्थित नेपाली दूतावासले राजदूत मोहन कृष्ण श्रेष्ठ  बिरुद्द समाचार लेखेको भन्दै धम्कि दिएको केहि समय अघिदेखि उक्त अनलाइनले फ्रान्सस्थित दूतावासबाट भैरहेको अनियमितता गैह्रकानुनि कामको विषयमा समाचार प्रशारित गर्दै आएको थियो  

गत अगस्ट १३ मा पेरिसमा तिजको सन्दर्भमा गरिएको एक कार्यक्रमलाई दूतावासले अख्तियारीको दूरुपयोग गर्दै ब्यक्तिको नाममा खर्च ब्यहोरेको थियो नेपालको संविधानको आर्थिक कार्यविधी ऐन २०५५ अनुसार दूतावासको कुनै पनि स्रोत साधन दूतावास बाहिरका ब्यक्तिले प्रयोग गर्नु कानुन बिपरित मानिन्छ त्यसरि कानुनको उल्लंघन गर्ने ब्यक्तिमाथि कारवाही हुने प्रावधान छ। 

फ्रान्सकालागि नेपाली राजदूत मोहन कृष्ण श्रेष्ठकी पत्नी सजना श्रेष्ठले ब्यक्तिगत रुपमा आयोजना गरेको तीजको कार्यक्रममा सम्पूर्ण खर्च दूतावासले गरेको थियो भने उक्त कार्यक्रमको निमन्त्रणा गर्दा दूतावासकै लेटरप्याड प्रयोग गरिएको थियो यसै विषयमा नेपालप्लसले दूतावासको अख्तियारीको दूरुपयोग भन्दै समाचार प्रकाशित गरेको थियो उक्त समाचार प्रकाशित भए लगत्तै राजदूत श्रेष्ठले फ्रान्सस्थित आफू निकटका केहि संघ संस्थाका प्रतिनिधीलाई बोलाएर नेपालप्लसका सञ्चालक ददि सापकोटालाई कारवाही गर्नुपर्ने बताएका थिए उनीमाथि कारवाही गर्न उनले तिनलाई आग्रह गर्दै सापकोटालाई सामाजिक बहिस्कार नेपालप्लसलाई कारवाही गर्ने धम्कि दिएका थिए यसरी कुनैपनि ब्यक्तिलाई सामाजिक बहिस्कार गरिनु नेपालको कानुन अनुसार सामाजिक अपराध मानिन्छ  

तथ्य सहित नेपालप्लसले राजदूतावास राजदूतको गैर्ह कानुनी गैर्ह कूटनितिक क्रियाकलापको निरन्तर समाचार प्रकाशित गरिरहेपछि आत्तिएका राजदूत मोहनक्रिष्ण श्रेष्ठले आफ्नो परिवारको बेइज्जति भएको भन्दै फ्रान्स नेपालस्थित बिभिन्न ब्यक्ति शक्ति केन्द्रलाई फोन गर्दै आफूबारेका समाचार रोकिदिन भनसुन गरेका थिए यसका लागि उनले नेपालका पत्रकार राजनितिक नेता समेतलाई अनुनय बिनय गर्दै ब्लग सञ्चालक ददि सापकोटालाई सम्झाइदिन आग्रह गरेका थिए उनले आफू बिरुद्द अरु समाचार प्रकाशित नगर्न पत्रकार सापकोटासित आग्रह गर्दै आफूले शत प्रतिशत गल्ति गरेको स्विकार गर्दै ब्यक्तिगत रुपमा माफी माग्ने बताएका थिए  

यसपछि उनले नेपाल पल्सलाई एक खण्डन पठाएका थिए जुन नेपालप्लसले प्रकाशित गरेको थियो यतिले पनि चित्त नबुझेपछि राजदूत राजदूत मोहनक्रिष्ण श्रेष्ठले पत्रकार सापकोटालाई एक्लै गोप्यरुपमा भेट्न आग्रह गरेका थिए ।आफूलाई फसाउन गोप्य रुपम एक्लै बोलाएको भन्दै सापकोटाले केहि संस्थाका प्रतिनिधी सहित मात्रै भेट्ने बताएका थिए पत्रकार सापकोटालाई लेनदेनमा फसाउने षडयन्त्र सफल नभएपछि उनले खण्डन छापिसकेको समाचारको विषयलाइ लिएर अहिले नेपालप्रेस काउन्सिलमा उजूरी दर्ता गराएका छन्   

त्यस लगत्तै नेपाल प्लसका सापकोटालाई दूतावासका तर्फबाट पत्र लेखेर दूतावासमा उपस्थित हुन उर्दीसमेत जारी गरेका छन् आश्चर्य लाग्दो कुरा के भने उक्त उर्दी पत्रमा पत्रकारको परिचय पत्रसहित उपस्थित हुन भनिएको नेपालको संविधान अनुसार हरेक नागरिक लाई सार्वजनिक महत्वका बारेमा सूचना लिने अधिकार तथापी सापकोटा नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्यसमेत हुन्

 

तपाइँको प्रतिक्रिया