नेपालप्लस बिरुद्द राजदूतको फेरी धम्की र उजूरी
दूतावासको रकम ब्यक्तिका नाममा खर्च’ शिर्षकमा समाचार लेखेको १० दिनभन्दा पछि नेपाली दूतावास पेरिसले खण्डन पठाएको थियो । खण्डन विषयवस्तुमा केन्द्रित थिएन । तरपनि नेपालप्लसले आफ्नो धर्म निभाउँदै उसको खण्डन प्रकाशित गर्यो । हिजो फेरी नेपाली दूतावास पेरिसबाट नेपालप्लसलाई नेपालको कानुन बिरुद्द जंगबहादूर शैलीमा अर्को पत्र काटिएको छ (माथिको पत्र) । दूतावासको पत्रमा ‘जरुरी’ भन्दै अगस्ट २५ का दिन ११.३० बजे दूतावासमा उपस्थित हुन उर्दी जारी गरिएको छ । उक्त उर्दीमा पत्रकारको परिचयपत्र समेत लिएर आउन भनिएको छ । पत्रमा सहचारी भरत खनालले हस्ताक्षर गरेका छन् ।
यस अघि उनले नेपालप्लसमा प्रकाशित समाचारबाट आक्रोशित भएर सामजिक बहिस्कार गराउने प्रयत्न स्वरुप राजदूत निवासमा संघसंस्थाका प्रतिनिधी भन्दै बैठक राखेका थिए राजदूत मोहन क्रिष्ण श्रेष्ठले । संघसंस्थाका प्रतिनिधीसित उनले कसरि कारवाही गर्ने भन्दै जाँड पार्टीसमेत गरेका थिए । तर दूतावासको तर्फबाट भन्दै बोलाइएको त्यो बैठकमा ९० प्रतिशत समय राजदूत पत्नी सजना श्रेष्ठ ममाथि अनेक लान्छना लगाउँदै जंगिएकि थिइन् । उपस्थित प्रतिनिधी मध्ये केहिले म माथि कारवाही गर्ने आधार नभएको बताएपछि उनको योजना भत्किएको थियो ।
कुनैपनि नागरिकलाई सामाजिक बहिस्कार गरिनु नेपालको कानुन अनुसार सामाजिक अपराध हो भन्ने सम्म हेक्का नभएका राजदूत मोहनक्रिष्ण श्रेष्ठले अहिले मेरा बिरुद्द नेपालप्रेस काउन्सिलमा उजूरी समेत हालेका छन् । तर उनलाई संवन्धित संचार माध्यमले संवन्धित ब्यक्तिको खण्डन छापेपछि नेपाल प्रेस काउन्शिलमा उजूरी हाल्नुको उपादेयता रहन्न भन्ने सामान्य ज्ञानसमेत रहेनछ । बरु उनलाई हेक्का रहोस्, कुनै ब्यक्तिलाई नागरिक बहिस्कारको दुस्साहस गर्ने उनीमाथि हुनुपर्छ कारवाही ।
नेपालको संविधानले सबै नागरिकको सूचनाको हकलाई सुनिश्चित गरेको छ । कुनैपनि सूचना लिनका लागि पत्रकार भैरहनुपर्ने जरुरिनै छैन । त्यहिमाथि म नेपाल पत्रकार महा संघ र अन्तर्राष्ट्रिय पत्रकार महा संघको सदस्य छु । त्यसको जाँच गर्ने काम नेपाल पत्रकार महा संघ नै हो । नेपाल पत्रकार महासंघको सदस्यनै नभएपनि पत्रकारिता गर्न केहिले रोक्दैन र महा संघको सदस्यनै नभएका पनि थुप्रै पत्रकार छन् नेपालमा ।
नेपालको आर्थिक, सामाजिक, औधोगिक विकासका लागि प्रयत्न गर्न र दुई देश बिचको संबन्ध र कूटनीतिलाई बलियो पार्न बसेको दूतावासको के अधिकार छ मेरो पत्रकार परिचय पत्र जाँच्ने ? कानुनको अलिकति सम्म ज्ञान नभएका यी राजदूतलाई नेपाल प्रेस काउन्शिलमा उजूरी नै हालिसकेपछि त्यो ब्यक्ति पत्रकार महा संघको सदस्य रहेछ भन्ने अलिकतिपनि हेक्का नभएको देख्दा टिठ लागेर आएको छ ।
नेपालको कानुन अनुसार कुनैपनि पत्रकारलाई मन खुशि फलानो ठाउँमा आइज भनेर निर्देशन दिने अधिकार छैन । पत्रकारले आफ्नो समाचारको स्रोत के हो भनेर अदालतमैपनि खोल्नु पर्दैन । नेपाली दूतावासले कुनैपनि पत्रकारलाई यसरि ठाडो आदेश दिनु कानुनको उल्लंघन हो । नेपाल पत्रकार महासंघले बोलाएको खण्डमा समेत तुरुन्त उपस्थित हुनुपर्छ भन्ने बाध्यता संचारकर्मीलाई हुन्न । यी राजदूत को हुन् र यसरि नेपाल सरकारले दिएको अख्तियारीलाई दूरुपयोग गर्दै मलाई ठाडो आदेश दिए ? पत्रकारसित जवाफ माग्ने यीनको हैसियत के हो ? ‘सो अनलाइनमा देखिएका समाचार संवेदनशिल भइ छनबिन गर्नुपर्ने भएकोले’ भन्दै पत्रकारलाई उपस्थित हुन आदेश दिने यीनको अधिकार के हो ? यीनलाई अझैपनि जंगबहादुर कालमै छ नेपाल भन्ने भ्रम छ कि ? जंग बहादुरले आफूलाई मन परेको ब्यक्तिलाई सनक र ब्यक्तिगत चाखका भरमा जोसुकैलाई आदेश दिन्थे, कानुनको मतलब गर्दैनथे । कि जंगबहादुरकालिन शासनको प्रयोग गर्न खोजेका हुन् महामहिम मोहन क्रिष्ण श्रेष्ठले ? कि अझै पनि देश ज्ञानेन्द्रकै उर्दी झै चलाउन सकिन्छ भन्ने सोचेका छन् ?
नेपालप्लस यीनको दुस्साहसको खेद ब्यक्त गर्दछ र उनको अख्तियारी दूरुपयोगको छानबिन गर्न संवन्धित निकायसित अनुरोध गर्छ । जानकारी दिइहालौं, यीनले अस्तिसम्म म सित बरु माफीनै माग्छु भन्दै बिभिन्न स्रोतसित बिन्ति बिसाउने र लल्लरी गाउने गर्दै थिए । को को सित के कसरि बिन्ति बिसाए त्यसको बारेमा स्पष्ठसित लेख्ने छु प्रतिक्षा गर्नुहोला । के स्वार्थ नमिलेर मोहन क्रिष्ण श्रेष्ठ नेपालप्लस बिरुद्द खनिए ? यीलगायतका अन्य विषयमापनि कलम चलाउने छु । कानुन हातमा लिएर जंगबहादुरकालिन शासन हत्याउन खोज्ने, जनताको सूचनाको अधिकारको मुख टालेर दादागिरी देखाउन खोज्ने, नेपाल सरकारको सम्पत्ती दूरुपयोग गर्ने र त्यसलाई कानुनि परिधीको लेपनले टाँसेर गुमराहमा पार्न खोज्ने प्रव्रित्ति बिरुद्द म कत्ति बिचलित हुन्न । बरु म यस्ता कर्तुतहरु अझ खोज्दै, खोतल्दै र सार्वजनिक गर्दै जानेछु प्रतिक्षा गर्नुहोला ।
(यसै विषयसित संवन्धित नमस्ते यूरोपमा प्रकाशित समाचार हेर्न यहाँ क्लिक गर्नुहोस् ।)
यिनै राजदूतसित संवन्धित तलका अन्य लेखपनि हेर्नुस्–
नेपालीको शोकमा फ्रान्सेली रुँदा हाम्रा राजदूतलाई भोजको चटारो
दूतावासको खण्डन : अनियमितता गरेको घुमाउरो पाराले स्विकार
नेपालप्लसलाई राजदूतको धम्की
(राजदूतको चाकरी र नेपालप्लस बिरुद्द गिता सुवेदी,, पारस, साधन लगायत अनेक अनेक छद्म नाममा प्रतिक्रिया जनाएकाले ८८.१६१.३५.६२ यो आइपीबाट आउने कुनैपनि प्रतिक्रिया बन्देज गरिएको छ । यसका बारेमा जानकारी लिएर नालीबेली सार्वजनिक गर्ने कोसिस गरिने छ-नेपालप्लस)





