कविता : मेरो लाठी
● डा. लेखनाथ काफ्ले / ताइपेइ, ताइवान
सुख दु:खको साथी
छोटो मेरो यो लाठी
बर्षा, जाडो या गर्मी
रहन्छ सधैं अगाडि ।
°°°°°°°°°°°°°°°°°°
मीत्रजन भए पराइ
आफन्तको भयो पनि सराइ
डाँडाका उकाली ओराली
कटाउछ होसले संहाली ।
°°°°°°°°°°°°°°°°°°
अफ्ठ्यारा दिन वा रात
रहन्छ हरदम साथ
मेरो यो प्रिय साथी
मेरो भर उसकै माथि ।
°°°°°°°°°°°°°°°°°°
न रोग बिमारी
न थकान हैरानी
कस्तो संयम शान्त
आवस गृष्म वा बसन्त ।
°°°°°°°°°°°°°°°°°°
धुलो मैलो नभनी
दिन मैना नगनी
एकान्त होस वा गुल्जार
तयार छ हर प्रहर ।
°°°°°°°°°°°°°°°°°°
यो युगमा साथ यस्तो
मान्छेमा स्वार्थ भो सस्तो
आफ्नो परायाको भेद कुन हो
दु:खमा साथ दिने जुन हो ।
°°°°°°°°°°°°°°°°°°
मान्छे त भो स्वार्थको भारी
कुद्दा भए लीइ धनको सवारी
अहो ! कुन दिशामा जान्छ दुनियाँ
जता चम्कदो छ रंगीन रुपैयाँ ।
°°°°°°°°°°°°°°°°°°
मानिस किन बनेन लाठी
निस्वार्थ जे छ त्यही नै जाती
अब दुबिदा केही रहेन रोज्न
स्वर्थी जीव भन्दा अजीव नै खोज्न ।





