गजल : यसपालीको बजेटमा
● सुर्य मरहट्टा, चितवन
कतै हर्ष कतै विश्मात् यस्पालीको बजेटमा,
पैसा भयो सालको पात् यस्पालीको बजेटमा ।
+++++++++++++++++++
दीन हीन सबको लागि साहारा भै आउँछ भन्थे,
किसानलाई फेरी आघात् यस्पालीको बजेटमा ।
+++++++++++++++++++
कोशी,राप्ती,नारायणीले बास लाग्यो हजारौंको,
देखिएन कतै राहात् यस्पालीको बजेटमा ।
+++++++++++++++++++
किन जन्म दिन्छौ दैब गरीबलाई नेपालमै,
सस्तो भयो दुखीको जात् यस्पालीको बजेटमा
+++++++++++++++++++
जस्तो सरकार आए पनि मर्ने चाँहीं बेरोजगारी,
हिस्स बुढी हरिया दाँत् यस्पालीको बजेटमा ।





