मेरो माया (वालिकाको कविता)

निर्वाना संसार

भगवान म तिमीलाई छोड्न सक्छु 
तर मेरो माया, मेरो प्रेमलाई छोड्न सक्दैन ।

+++++++++++++++++++++++

भगवान तिमीले मलाई जन्म दियो यो संसार मा
तर मेरो मायाले मलाई बाँच्न कला सिकायो ।

+++++++++++++++++++++++

भगवान तिमीले मलाई परिवारको संजाल दियौ 
तर मेरो मायाले मलाई पारिवारिक वातावरण दियो ।

+++++++++++++++++++++++

भगवान तिमीले मलाई संसार दियौ 
तर मेरो मायाले मलाई संसारमा रमाउन सिकायो 

+++++++++++++++++++++++

भगवान तिमीले मलाई प्रकृति देखायौ
तर मेरो मायाले मलाई प्रकृति मा रमाउन सिकायो ।

+++++++++++++++++++++++

भगवान तिमीले मलाई मुटु दियौ 
तर मेरो मायाले मलाई मुटु धड्काउन सिकायो ।

+++++++++++++++++++++++

भगवान म तिमीलाई छोड्न सक्छु 
तर मेरो माया, मेरो प्रेमलाई छोड्न सक्दैन …..

तपाइँको प्रतिक्रिया