हाँसो र ठट्टाको बिस्कुन सुकाउँदै जाने हैन समुद्र भ्रमण ?

समुद्रमा नुहाउने, खेल्ने, हेर्ने रमाउने रहर कुन नेपालीलाई हुन्न ? झन गर्मीको धुपमा झ्वाम्म झ्वाम्म समुद्रको चिसो पानीमा हाम्फाल्न ? अझ बिदेश बसेका नेपालीहरुले बल्ल तल्ल समय मिलाएर सँगै समुद्रको भ्रमण गर्नुको मज्जानै बेग्लै । तर भएर के गर्नु ? सबै नेपाली समुद्र नजिक बस्दैनन् । टाढाबाट जाँदा यातायात र बास बस्ने ठाउँ सहज हुन्न । यहि गर्मीकै बेला यातायात र होटेलहरुको मूल्य छुनै नसकिने गरि आकाशिन्छ । अनि कसरि जाने ? यस्तै परिस्थितिलाई सहज बनाइदिएको छ एन आर एन फ्रान्सले सामूहिकरुपमा समुद्र भ्रमणको ब्यवस्था मिलाएर ।

यहि जून महिनाको २६ तारिख आइतवार एन आर एन फ्रान्सले प्लाज दु तुके भन्ने ठाउँको समुद्री किनारमा लैजाने भएको छ । यो खासगरि पेरिसवासी नेपालीलाई लक्षित गरिएको हो । एन आर एन फ्रान्सले जान र फर्किनकालागि बसको ब्यवस्था मिलाइसकेको छ । समुद्र पुग्नु अघि बसमा मादल घन्काउँदै, गित र सगितको चुस्की मार्दै, हाँसो र ठट्टाको बिस्कुन सुकाउँदै जाने पुरानै पारा यो वर्षपनि कायम रहने छ । समुद्र नपुग्दै बिच बाटोमा खाजा खाने र समुद्रको पानीसित साइनो गाँसेपछि पिकनिक खाने ब्यवस्था छ । त्यो सबैको लागि ४० यूरो दस्तुर लाग्ने छ । तर ६ वर्ष माथिका र १२ वर्ष मुनीका बच्चाकोलागि भने २० यूरो मात्रै लाग्ने छ । त्यो भन्दा मुनीकालागि सित्तैमा ।

बस बिहान ८ बजे लाइन ७, La courneuve Direction को Fort Aubervilliers मेट्रो स्टेशनमा लाग्छ । अग्रिम बुकिङ गराउनु भएन भने जाने बेला ठाउँ पाइएन भनेर चुकचुकाउँदा कति बेमोज ! त्यसैले एन आर एनका सदस्यहरुसित सम्पर्क गरेर आफ्नो भ्रमण पक्का गर्नुहोला । त्यसको लागि निम्न ब्यक्तिसित फोनमा संपर्क गर्नुहोला—

घनश्याम पौडेल      ०६२२९००९४  (मोबाइल)

● हरिप्रसाद सापकोटा    ०६२१३३३७९३  (मोबाइल)

                       014838258 (ल्याण्डलाइन)

तपाइँको प्रतिक्रिया