गजल
● निरज मान श्रेष्ठ / शिन्चु, ताईवान
देउरालीको सितलतालाई चिसो ठान्यौ साथी
न्यानो खोज्न मरुभुमीको तातो छान्यौ साथी ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
भञ्ज्याङको स्वच्छ प्रिती, हटियाको बास छोडि,
बालुवाको शहरलाइ स्वर्ग मान्यौ साथी ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
शिर झुकाइ, पराइलाई सलाम ठोक्दै हाँस्छौ,
बीरताको इतिहासलाई ब्यङ्ग्य हान्यौ साथी ।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
उषाकालको रातो घाम नि, असैह्य भो भन्दै,
सितल खोज्न अधेरीको बर्को तान्यौ साथी ।




