गित : मान्छे कति स्वार्थी !
● दिलिप योन्जन / अस्टिन, अमेरिका
सबै आफ्नो पराइ भए, बाँच्नु केको लागी
तल बगाई माथी खोज्ने, मान्छे कति स्वार्थी !
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
एउटा मुटु दुइटा भयो, लागे पछि खोट
बाँच्नु भन्दा मर्नु निको, लागेपछि चोट
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
बाहिर जती हाँसेपनि, मनै रहेछ पापी
तल बगाई माथी खोज्ने, मान्छे कति स्वार्थी !
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
हिँड्दा हिँड्दै ठेस लाग्छ, लागे पछि दिन
साँचो माया झूटो बनाई, लगाई छाडी रिन
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
बाहिर रुइ भित्र हाँस्ने, मान्छे रैछ जाली
तल बगाई माथी खोज्ने, मान्छे कति स्वार्थी !





