दुई देशको खेलमा भलिबल जित्ने पेरिसका नेपाली सम्मानित

-धनेश घले / पेरिस, फ्रान्स

गएको मार्च महिनाको २७ मा चौथो भलिबल प्रतियोगिता बेल्जियम स्थित लुवेन शहरमा सम्पन्न भएको थियो । विभिन्न संघ संस्थाबाट  ६ वटा  भलिबल टिमको  सहभागिता भएको खेलमा निकै प्रतिस्पर्धा प्रतिस्पर्धात्मक रुपमा खेल भएको थियो । एन आर एन बेल्जियमको आयोजनामा  भएको उक्त खेलमा फ्रान्सबाट नेपाली एकता समाजले भाग लिएको थियो । समाजका तर्फबाट धनेश घलेको प्रतिनिधित्वमा १० जना खेलाडी सहभागी थिए ।

त्यस खेलमा नेपाली एकता समाज फ्रान्सले राम्रो खेल प्रदर्शन गरि अन्तिममा बेल्जियम स्थित मगर समाजलाई पछि पार्दै बिजयी भएको थियो । त्यसैको खुसियालीमा नेपाली राजदुताबास द्वारा हिजो बिजयी खेलाडीहरुलाई  स्वागत, बधाई तथा जलपान कार्यक्रम सम्पन्न गरियो ।

सो कार्यक्रममा नेपाली एकता समाज, एभेरेस्ट नेपाल, पाकोफेन पदाधिकारीको साथै राजदुत मोहनकृष्ण श्रेष्ठ, कन्सुलर जीवनप्रकाश श्रेष्ठ लगायत अन्य कर्मचारी सहभागि थिए । राजदुत राजदुत मोहनकृष्ण  श्रेष्ठले बिजयी खेलाडी हरुलाई बधाई तथा शुभकामना दिँदै भने-  एकता समाजको तर्फबाट शिल्ड जित्न सफल भएकोमा सम्पुण फ्रान्सबासि नेपालीको लागि गर्वको कुरा हो ।

अगामी दिनहरुमा  पनि यस्तै जित्न सफल हुनेछ भन्ने आशा ब्यक्त गर्नुको साथै गर्दै उनले आगामी दिनमा दूतावासले गर्न सकिने सहयोग पुर्‍याउने बचन दिए  । कार्यक्रममा  दुतबासका कन्सुलर जीवन प्रकाश श्रेष्ठका साथै तप्त भण्डारी,शैलेन्द्र महर्जन,जिता कटुवाल द्वारा आआफ्ना मन्तब्य राखियो । त्यस्तै खेलाडीहरुको प्रतिनिधित्व गरेर नेपाली एकता समाजका सचिब धनेश घलेले बेल्जियममा भएको खेलको अनुभब र जितमा हर्ष साथै बिजयी भएपछि बेल्जियममा विभिन्न ठाउँबाट बधाई तथा रात्रिभोज आयोजना गरिएको जानकारी गराए ।

त्यहाँ रहदा एनआरएन प्रतिनिधि, मगर समाज, तमु समाजसंग अगामी दिनमामा फ्रान्स र बेल्जियमको नेपाली बिचमा सहयोग समन्वय गरि बिभित कार्यक्रम संचालन गर्न र मैत्रीपूर्ण  सम्बन्ध स्थापना गर्ने महत्वपुर्ण कदम भएको चर्चा गरे ।

-बिजयी साथीहरु र नेपाली एकता समाज, पेरिसलाई नेपालप्लसको तर्फबाटपनि धेरै धेरै बधाइ तथा शुभकामना  !!!

तपाइँको प्रतिक्रिया