राज्य ठग्नेमा माओवादी केन्द्रिय नेतापनि
कांग्रेसले त देश ठगेकै थियो । राप्रपा र अन्य त्यहि मार्काका दल त यसै भए। एमालेलेपनि लुट्न सम्म लुटेकै हो । मधेसी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावनाको त झन के कुरा गर्नु ? यिनलाई त कुर्सी र पैसो पाए र सक्ने भए देश तुरुन्तै बिदेशीलाई सुम्पिने थिए । तर अचम्म ! देशलाई स्विजरल्याण्ड बनाउँछौ भन्छन माओवादी। जनताको जिवनस्तर भन्दा नेताको जिवनस्तर एकरत्ति फरक हुनुहुन्न भनेर फलाक्छनपनि उनीहरु । भ्रष्टाचार, अनियमितता गरे एमाले र कांग्रेसले भनेर खुब कुर्लन्छन। तर त्यहि पार्टीका नेता देशलाई ठगेर नाफा कमाउने रहेछन । यि कतिसम्म लोभी, चुसाहा, बैमान र ठग रहेछन भने नाथे दुई चार हजार औषधीको बिलमापनि थपेर, बढाएर राज्यलाई ठग्ने रहेछन ।
त्यसमा अरुपनि छन । तर माओवादीका एकदम सामान्य र ईमान्दार भनेर चिनिएका दिनानाथ शर्मापनि रहेछन । मलाई सम्झना छ-दुई वर्ष अघि उनी पेरिस आएका बेला एक साँझ नेपालीहरुलाई उनका कुरा सुनाउन झमघट गराईयो । र उनले हाकै भनेका थिए-एमाले र कांग्रेस भ्रष्टाचारमा डुबे । देशलाई कंगाल बनाए । एमालेका ससांसदहरुले त राज्य कोषको दुरुपयोग र भ्रष्टाचार यतिसम्म गरेकि तिनले बेल्जियमबाट सिसा लगेर समेत घर बनाए । अहिले यो समाचार देख्दा म उनको त्यो हात हल्लाईको पारा खुब झल्झलि सम्झिरहेको छु जतिबेला उनले एमाले र कांग्रेसलाई राष्ट्रिय रकम दुरुपयोग र भ्रष्टाचारको आरोप लगाइरहेका थिए ।
तिनै ब्यक्तिले संविधान सभा सचिवालयमा नाफा खानका लागि वास्तबिक भन्दा धेरै बिल पेश गरेछन । सयौं जनता टाउको दुखेको र झाडा पखाला रोक्ने औषधी नपाएर मरिरहेको बेला राज्यले सभासदहरुलाई औषधी खर्च बेहोरिरहेको छ । त्यसलेपनि नपुगेर उनि र अन्य थुप्रै सभासदले भने लागेको भन्दा धेरै बिल बनाएर राज्यलाई ठग्न खोजेका छन । कतिसम्म लिच्चड र चुसाहा रहेछन यि सभासद भनाउँदा भने आफुले ट्याक्सी चढेको, हर्लिक्स खाएको, फलफूल किनेको समेत बिल पेश गरेका रहेछन फिर्ता पाउँ, मेरो यति खर्च भयो स्वास्थमा भन्दै ।
दिनानाथ शर्माले ७,२०२ रुपियाँ मागेका रहेछन । तर छानबिन समितीले जम्मा ३,६०१ मात्रै खर्च भएको हो भनिदिएछ । त्यसरि ठग्नेमा अर्का चर्का नेता छन कांग्रेसका बिमलेन्द्र निधी । उनि त झन कांग्रेसका अझ धेरै माग्ने नै भए । लागेको बानी । ठग्नमा झन अनुभवी । पटक पटक मन्त्री भएर ठगेका । उनले १४,१३३ मागेकोमा ५,३७९ रुपियाँ मात्रै सदर भएछ । त्यस्तै ठगी हुने गरेकाले होला, संसद सचिवालयले पेश गरेका बिलहरुको जाचबुझ गर्न समितीनै बनाएको रहेछ । अनि तिनले बुझाएका मध्ये अधिकांशले वास्तबिकताभन्दा धेरै पेश गरेको भन्दै पेश गरे बराबरको रकम फिर्ता दिन अस्विकार गरेको रहेछ ।
यसरि ठग्नेमा दर्जनौं छन । ति को को हुन, कति मागेका थिए कुन कुन मितीमा, कति सदर भयो भनेर नयाँ पत्रीका दैनिकको लिकमा गएर हेर्नुहोस । जुन अन्तिममा दिएको छु । यस्ता लुटाहाहरुले के देशको हित गर्लान ? नेपाली जनताकोलागि कुनै सकारात्मक काम गर्लान भनेर आशा गर्न सकिन्छ ? सभासद हुँदै त औषधीको बिल बढाएर खानेले मन्त्री भए भने के के सम्म खालान ?




