गजल

-प्रकाश सापकोटा 

भेटे पनि यो दिमाग चाटी-चाटी हत्तु पार्छौ

नभेटे नि मेरै कुरा काटी-काटी हत्तु पार्छौ

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°

कैले यता कैले उता घुमाइएका कुराहरु

बाबियोको डोरी जस्तै बाटी-बाटी हत्तु पार्छौ

°°°°°°°°°°°°°°°°°°°°°°°°°°° 

जे भने नि पत्याउने मेरो चाला देखेपछि

अहिले त कुरै पिच्छे ढाँटी-ढाँटी हत्तु पार्छौ

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°

पिरतिको बाटो यौटै सँगगै यात्रा गरौँ भन्छु

तर्किएर निमोठिदै फाटी-फाटी हत्तु पार्छौ

 °°°°°°°°°°°°°°°°°°°°°°°°°°°

अरुसंग नसाट्नु है मन-मुटु भन्छौ तर

आफू चाहिँ धेरैसँग साटी-साटी हत्तु पार्छौ

 बनेपा, काभ्रे (हाल: त्रोम्सो, नर्वे )

तपाइँको प्रतिक्रिया