म पेवा हुँ अकिन्चनको
-तिलकराम आंदेम्बे
मेरो छेउ नआऊ
म कङ्गाल गनाउँछु
तिम्रो लुगामा लाग्छ, अकिन्चन
°°°°°°°°°°°°°°°°°°°°°°
तिम्रो अत्तरे कोटमा
ह्वास्स गनाउँछु पसिना
उठ्छु धुँवा तिम्रो शिरमा
र गनाउँछु तिम्रो अबयाब भरि
छेउ नआऊ बिन्ति
°°°°°°°°°°°°°°°°°°°°°°
कनिका खेर्दैछु याँ, बाँच्नलाई
च्याप्लिन दुख्छु सडक भरि
फाटेका थाङ्नाहरु
चिसो छल्न उठ्छु
मेरो छेउ नआऊ
म फ्रान्कल गनाउँछु
तिम्लाई दाग लाग्न सक्छ, म्लेच्छको
कृपा म छेउ नआऊ
मेरो अबध्य अकिन्चन
म पेवा हुँ मेरो
म आर्थार्थी होइन याँ
नियन्ता
अ हँ चाहन्न
म अमर्ष होइन
°°°°°°°°°°°°°°°°°°°°°°
म बिभिषण होइन ता कि दाजुको बध गर्ने
म याँ एक्लो दुख्छु
अकिन्चन दुखि बस्छु
म पेवा हुँ मेरो
पर जाउ याँ घाम छेलिन्छ
म सिकन्दर होइन
म आर्त होइन
म झुप्रो उठ्छु
दायोजनिस सल्बलाउँछु
मेरो नाङ्गो आङबाट
तिम्लाई पसिनाको बाफ गनाउँछु
छेउ नआऊ
अकिन्चन सल्किन्छ , तिम्रो आङ्म़ा
°°°°°°°°°°°°°°°°°°°°°°
बिन्ति
मेरो यो वसीयत
म एकल रहन देउ याँ
नबनाऊ मेरा कथाहरु
इँट्टा थप्ने तिम्रो घरको, अकिन्चन
°°°°°°°°°°°°°°°°°°°°°°
यदि त्याँ यो भए
डुंडुंति गनाउँछ तिम्रो घर
अत्तरे कोटहरु
कृपामा छेउ नआऊ
म पेवा हुँ मेरो
याँ त्याँ जहाँ
अकिन्चन …अकिन्चन …अकिन्चन…
फगत् मेरो अकिन्चन
तिम्रो घर थप्ने इटा होइन
इति प्रतिस्ठा




