जापानमा आफन्त छन् ? पिर नलिनुस्

इतिहासकै ठूलो भूकम्प र त्यसले ल्याएको सुनामीले जापानमा अकल्पनिय क्षती भयो । भैरहेकै छ । विशेषज्ञहरुले यो सुनामीको लहर अझ एक हप्ता अगाडि बढ्ने बताएकाले यसको क्षती अझ कति हुने हो, त्रस्त छन् सबै । जापानमा शुक्रबार दिउँसोदेखि शुरु भएको सुनामीले के कति क्षती गर्‍यो अझै कुनै अनुमानसम्म छैन । हुन त मानवीय क्षती जहाँ जसलाई भएपनि दुख लाग्छ नै । तर के गर्नु ‘ब्लड इज थिकर देन वाटर’ भने झैं खोजि र चिन्ता सबैभन्दा पहिले आफन्तकै हुन्छ ।

त्यो सामान्यपनि हो । त्यसैले बाहिर बसेका नेपालीहरुपनि जापानमा रहेका आफन्त सम्झेर चिन्तित छन् । त्रस्त छन् । जापानमा छ भनेपछि कुन शहर भन्ने धेरैलाई मेसो हुन्न । बिपत्ती जहाँ जुन क्षेत्रमा बढि होस् तिनले सबै क्षेत्रमा गएको ठान्छन् । मेरै मान्छे परेकि भन्ने हुन्छ । तर जापानमा सुनामी गएको क्षेत्र सेन्दाई उत्तरी भागमा पर्छ । जहाँ नेपालीहरु निकै कम छन् । भएका पनि अधिकांश सुरक्षित रहेको सम्पर्कमा रहेका नेपालीहरुले बताएका छन् । सेन्दाइमैपनि सुनामीको असर समुद्री छेउमा बढि परेको र त्यस्तो क्षेत्र बस्नकालागि तुलनात्मक रुपमा बढि महँगो हुनाले नेपालीहरु कम रहेको बताइन्छ ।

मैलेपनि जापानमा रहेका नेपालीहरुसित सम्पर्क गर्न खोजेको थिएँ । एन आर एन जापानसित भने सम्पर्क हुन सकेन । तर चितवनका मित्र देबेन्द्र सिवकोटीसित सम्पर्क भएको थियो । उनका अनुसार अधिकांश नेपालीहरु बस्ने टोकियो, ओसाका, होक्काइदो, क्योतो, कोबे र योकोहामा जस्ता ठूला शहरमा हुन् । त्यस मध्येपनि सबै भन्दा बढि नेपाली टोकियोमा बस्छन् ।

ति क्षेत्र तुलनात्मक रुपमा सुरक्षित छन् । जापानमा रहेका आफन्तसित सम्पर्क हुन नसकेको भन्दै धेरै नेपाली आत्तिएका छन् । त्यसरि सम्पर्क हुन नसक्नुको कारण के भने भूक्म्प गएपछि फोन सेवाहरु काटिएका थिए । फोन सेवापनि फरक कम्पनीका फरक हुनाले कुनै कम्पनीकोले कामगर्ने र कुनै कम्पनीको सेवा अवरुद्द भएकाले पनि हो । अर्को कारण के भने भूकम्पले क्षती पुर्‍याउनासाथ सम्पूर्ण यातायात सेवा बन्द भयो । यातायात सेवा बन्द हुनासाथ काममा गएकाहरु जहाँको त्यहिँ परे । रेल वे सेवा बन्द भएपछि थुप्रै ठाउँमा बस बदलेर संवन्धित गन्तब्यमा जाने कोसिस गरेका थिए । तर ट्याक्सी र बसपनि लामो जाममा फसेकाले ति बाटैमा परेका थिए । त्यसले गर्दापनि सम्पर्क गर्न सकेका थिएनन् नेपालीले ।

यातायातको असुबिधाले गर्दा धेरै नेपाली अनेक कस्ट सहेर वासमा फर्किए । अधिकांश ठाउँमा काम गर्ने ठाउँमै बसे । सरकारले संकटकाल घोषणा गरेकालेपनि धेरै नेपालीको ध्यान आफन्तलाई सम्पर्क गर्नतिर भन्दा ‘अब के होला’ भनेर सतर्क रहनमै बितेको छ । सरकारले सबैलाई उच्च सतर्कमा रहन सचेत गराएकालेपनि धेरै नेपालीले बाहिर सम्पर्क गर्न सकेका छैनन् । त्यसैगरि शुक्रबार साँझ सम्मपनि टोकियोमैपनि भूकम्पका धक्काहरु बारम्बार महसुस गरिएका थिए । क्षणभरमै मानिसहरु कोठामा पुग्ने त क्षणमै बाहिर भाग्ने गरिरहेका थिए । त्यस्तो अवस्थामा आफन्तसित सम्पर्क गर्ने उपाय खोज्दै हिँडुन् की ज्यान जोगाउन तिर ? तर संयोग भन्नुपर्छ, अधिकांश नेपालीहरु बस्ने क्षेत्रमा संचार र यातायात लगायतका सेवाहरु काटिएपनि त्यहाँ सुनामीको असर कम परेकाले ति सुरक्षित छन् ।

तपाइँको प्रतिक्रिया