गजल

-तिलकराम आंग्देम्बे 

भाग्दै छु म चोर जस्तै बिगारेको केहि छैन

म हुँ दोषी परिबन्दी आत्मा आफैं दोषी छैन 

°°°°°°°°°°°°°°°°°°°°°°°°°

न त यहाँ चोर्नु पर्छ न त यहाँ मार्नु पर्छ 

कस्तो कानुन धन्दा खास्सा चोरलाई पुर्जी छैन 

°°°°°°°°°°°°°°°°°°°°°°°°°

एउटा चोर्छ अर्को भाग्छ मलाई पुर्जी औंछ 

निर्दोषको कसी लाउने कानुनमा आज छैन

°°°°°°°°°°°°°°°°°°°°°°°°°

याँ गो त्याँ गो चोर भागी सक्यो 

चोर लुक्यो अदालतमा कानुनलाई थाहै छैन

तपाइँको प्रतिक्रिया