पराजित समय

-रञ्जुमार्ग

एक लिखित निर्देशनको

पालना नहुँदै

अर्को आदेश आएको छ फैसलाको,

जारी छन् जाहेरीहरु

अनुशासनविहिन हस्ताक्षरको अभिलेखालयमा

सम्पादित हुन् बाँकि छ फूलले हालेको मुद्दा,

सुनुवाई कहिले हुने हो थाहा छैन,

अझै फूलले कति रगत बगाउनु पर्ने हो, थाहा छैन !

युगौ भै सक्यो, फूलले अधिकार माग्दै आएको,

फूल सँग फूल युद्द गर्दै आएको,

 °°°°°°°°°°°°°°°°°°°°°°

आफ्नु वैयक्तिक स्वतन्त्रता लागि

चट्टानसँग पौठेजोरी खेल्दै आएको,

कयौं हावाहुरी पानीले

फूलका- पत्रहरु च्यातिदिए

हाँगाहरु भाँचीदिए

जराहरु उखेलिदिए

 °°°°°°°°°°°°°°°°°°°°°°

माटोसँगको वैधानिक नातालाई

समुन्द्रको छालले हुत्याएको माछा जस्तै

छुट्टाइदिएको यो पराजित समय

फूलका आँशुहरु हेरेर बाँचिरहेछ !!!!

तपाइँको प्रतिक्रिया