पेरिसमा तमुहरुको पुषे १५
गुरुङ समाजमा पनि रहेछ पुषे १५ मनाउने चलन । बल्ल चाल पाइयो । आफ्ना संस्क्रिति र संस्कार संरक्षणमा जनजातिहरुले ध्यान दिनुको एउटा फाइदा यो पनि हो- तिनको संस्क्रितिबारे अरुलेपनि जान्न पाउँछन् । अस्ति आइतवार तमु समाजले पेरिसमा पुषे १५ मनाएपछि थाहा भयो- माइतीले पुषे १५ को उपलक्ष्यमा चेलीबेटीलाई माघे संक्रान्ति देखि ल्होसार आउने अवधिभित्र बोलाएर खुवाउने, सत्कार गर्ने चलन हुने रहेछ । पेरिसको तमु समाजले त्यसै गर्यो । पेरिस भरी उपलब्ध दिदी बहिनीहरुलाई बोलाएर उनीहरुले खुवाए। सत्कार गरे । नयाँ संस्था हो तमु समाज पेरिसको । यति छिट्टै त्यतिका चेलीबेटी बोलाएर सत्कार गर्नु, दुख सुखमा साथ दिन खोज्नु, चेलीहरुलाई सम्मान गर्नु, आफ्नो पर्व चिनुन् जानुन् सबैले भनेर आफैंले खर्च गरेर समय र ठाउँ मिलाइ मिलाई चेलीबेटी संझनु साह्रै प्रशंसनिय हो भन्नु पर्छ ।
चेलीबेटीलाई खुवाउन, स्वागत गर्न भाङ्राको लूगा लगाएर तयार गुरुङ दाजुभाइ ।










