गजल

-गीता थापा (दोषी)

साह्रै आनन्द मान्छौ देशमा आगो सल्काइ नेता

पराइको गुणगान गाउँछौ ढाका टोपी ढल्काइ नेता

°°°°°°°°°°°°°°°°°°°°°°°°°

मुखले नेपालको नाम जपी बगलिमा लुकाइ छुरा

गुन्द्रुक र ढिँडोको कुरा चौंरासी व्यंजन टल्काइ नेता

°°°°°°°°°°°°°°°°°°°°°°°°°

कुर्सी हत्याउने दाउ सधैं देशको विकास गर्छु भनि

भाईभाईमा छुद्र व्यवहार छिमेकीलाई पल्काइ नेता

°°°°°°°°°°°°°°°°°°°°°°°°°

न एक इन्च अगाडि न एक इन्च पछाडि सर्ने कोही

निर्दोष गोरु चुट्छौ किन ढुंगामा हलो अड्काइ नेता ?

°°°°°°°°°°°°°°°°°°°°°°°°°

अबका जनता कमजोर छैनन् जे सुकै सहनलाई

तिम्रो कर्तुत लुक्ने छैन दुबै आँखा कड्काइ नेता

तपाइँको प्रतिक्रिया