पेरिसमा आजदेखि नेपाल पर्यटन वर्ष शुरु
सबै नेपालीलाई कार्यक्रममा सहभागी हुन आग्रह
नेपाल पर्यटन वर्ष २०११ शुरु भयो । सरकारले यस वर्ष १० लाख पर्यटक नेपाल भित्र्याउने योजना बनाएको छ । त्यो लक्ष्य पूरा गर्न स्वदेशमा प्रचार प्रसार गरेर चल्दैन । विदेशमा प्रचारप्रसार गरेर आकर्षित गर्नुपर्छ । त्यसको लागि पेरिसस्थित नेपाली दूतावासले आज आइतवारदेखि प्रचारप्रसारलाई तीव्रता दिने भएको छ । त्यसपछि यो कार्यक्रमको औपचारिक शुरुवात हुने छ ।
नेपाल संवन्धि गन्तव्य, नयाँ स्थल र पर्यटन वर्ष २०११ का आकर्षण, संभावना लगायतका जानकारी र नेपालको विविध क्षेत्रका आकर्षण झल्काउने ब्रोसरहरु अंग्रेजी र फ्रान्सेली भाषामा बितरण गरिने छ । यसमा नेपाली फ्रान्सेली सबै मित्रहरूलाई सहभागी हुन आग्रह गरिएको छ ।
आआफ्नो भाषा, संस्क्रिति र संस्कार अनुसार नेपालीहरू आआफ्नो भेषभूषा र पहिचान बोकेकै पहिरनमा उपस्थित भैदिए झन् नेपालको विविधता झल्किने छ । आफ्नो जात जाति, संस्क्रिति र वर्गको प्रचारप्रसारकालागि पनि यो एउटा अवसर हो । अमेरिका र बेलायतपछि फ्रान्स नेपालमा सबै भन्दा बढि पर्यटक जाने मुलुक भएकालेपनि यो देशमा ब्रिहद प्रचारप्रसार गरिनुको महत्व ठूलो छ ।
कार्यक्रमको वृस्त्रित जानकारी :
कार्यक्रम हुने मिति – आज आइतवार, १३ फर्वरी २०११
स्थान – आइफेल टावरको पूर्व पट्टी रहेको प्लास जोफ्र (Place Joffre), अर्थात् एकोल मिलितेयर (Ecole Militaire) को अगाडि
समय – जम्मा हुने अपरान्ह ४ बजे /कार्यक्रम औपचारिक रूपमा उद्घाटन गरिने ४. ३०
समापन – साँझ ७ बजे
नेपाल जस्तो सानो मुलुकले यत्रो ठूलो र महँगो शहरमा यस्ता कार्यक्रम गर्नु सहज छैन । त्यसैले सरकारी नियोग तथा नेपाल र नेपालीका लागि समर्पित संघसंस्था, स्थानिय व्यापारी र यहाँ बसेका सबै नेपालीको सहभागिता हुनु आवश्यक छ ।




