चौतर्फी दबाबले ‘झापड रेग्मी’ रिहा
गएको बुधवार एमाले अध्यक्ष झलनाथ खनालका गाला चड्काउने सुनसरीका रेग्मीलाइ आज प्रशासनले रिहा गर्यो । उनलाई शुरुमा १५ दिन थुनामा राख्न खोजेको थियो । अनि नेतालाई त्यसो गर्यौ भने अरु नेपालीलाई पनि यसै गर्छौं भनेर हदै सम्मको कारबाही गर्न र गराउन उक्साइ एको थियो । तर उनको समर्थन यति नेपाली देखिए की त्यो भुसको आगो झैँ संसार भरि फैलियो । त्यहि दबाबलाइ खेप्न नसकेर सरकारले आज उनलाई एक हजार धरौटीमा रिहा गरेको छ । उनलाई एक महिनाको तारिख दिइएको छ ।
नेपालीहरुले संसारभरिबाट उनको समर्थनमा फेस बुक, रेडियो, पत्रपत्रिका र वेब अनि ब्लगहरुमा दह्रोसँग वकालत गरे । त्यसरी दबाब दिनेमा बिदेशका नेपाली जन बढि देखिए । देशलाई बेथितिमा पुर्याएकोमा नेताहरु प्रति आक्रोश पोखेर उनले चड्कन हानेका थिए । एमालेका भात्रि संगठनका खेतालाहरुले त उनमाथि हदै सम्मको कारवाही गर्नु पर्छ भन्दै नारा, जुलुस, सडक आम र अशान्ति मच्चाएका थिए । तर आम नेपालीको समर्थनका अगाडि तिनका जुलुस झुके, डाँकोको कुनै हिम्मत चलेन ।
जे होस, हाम्रा नेता प्रति देश र बिदेशका नेपाली कति आजित र आक्रोशित रहेछन् भन्ने यो घटनाले देखाएको छ । आम नेपालीको भावना र मतलाई सहजै पचाउन र दबाउन सक्ने हैसियत नत हजारौं सुरक्षाकर्मी लिएर बसेको सरकार सित छ । न त टायर बलेर नेताको चाकरि बजाउने, गोठाला बन्ने एमालेका कार्यकर्तासँगै छ । देवी प्रसाद रेग्मीको चड्कनले यहि पाठ सिकाएको छ ।




