हाम्रो मिलन

-मोहन पौड्याल

जब हाम्रो मिलन भयो भञ्ज्याङको चौतारीमा

अश्रु फूल बर्षाईरहिन् नयनबाट पछ्यौरीमा

 +++++++++++++++++++++

गुलाबी ती ओठहरू घरी-घरी चुसिरन्थिन्

कुन्नि किन नयनहरू यसै यसै झुकाईदिन्थिन्

 +++++++++++++++++++++

तप्प गरी बग्ने आँशु गालाको त्यो बाटो गरी

सर्माएर हेर्थ मलाई नयनहरू घरी घरी

 +++++++++++++++++++++

बोल्नलाई वातहरू मुखसम्म ल्याए जस्तो

मुख भित्रै हराई जाने किन होला शब्द यस्तो

 +++++++++++++++++++++

सायद माया यस्तै हो कि नजिक हुँदा बोल्नै गाह्रो

उनकै तस्बीर आँखा भरि किन होला यति साह्रो

तपाइँको प्रतिक्रिया