हाम्रो मिलन
-मोहन पौड्याल
जब हाम्रो मिलन भयो भञ्ज्याङको चौतारीमा
अश्रु फूल बर्षाईरहिन् नयनबाट पछ्यौरीमा
+++++++++++++++++++++
गुलाबी ती ओठहरू घरी-घरी चुसिरन्थिन्
कुन्नि किन नयनहरू यसै यसै झुकाईदिन्थिन्
+++++++++++++++++++++
तप्प गरी बग्ने आँशु गालाको त्यो बाटो गरी
सर्माएर हेर्थ मलाई नयनहरू घरी घरी
+++++++++++++++++++++
बोल्नलाई वातहरू मुखसम्म ल्याए जस्तो
मुख भित्रै हराई जाने किन होला शब्द यस्तो
+++++++++++++++++++++
सायद माया यस्तै हो कि नजिक हुँदा बोल्नै गाह्रो
उनकै तस्बीर आँखा भरि किन होला यति साह्रो





