एमाले अध्यक्ष खनालले खाए थप्पड
लातोँका भूत बातोंसे नहिं मान्ता ! त्यत्तिकै बनेको होइन रैछ यो भनाइ । कार्यकर्ता र जनता आजित भएर के गर्ने ? सम्झाएर भएन । पार्टीमा मत राखेर चलेन । चेतावनी दिएर सुनेनन् । सधैं कुर्सीका लागि मरिमेट्ने । जनतालाई संविधान चाहिएको छ । नेतालाई कुर्सी । जनता शान्ति चाहन्छन् । नेता शान्ति भड्काएर हतियारको कमिशन । अनि कति सहने जनतालेपनि । आज त्यहि हुटहुटी । त्यहि चिन्ता । त्यो आवेग र रिस खप्न नसकेर एमालेकै एक कार्यकर्ताले नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई हाने थप्पड ।
आज पार्टीको बैचारिक तथा संगठनात्मक सुदृढिकरण कार्यक्रममा भाग लिन भन्दै उनी ईटहरी पुगेका रहेछन् । के के उपदेश दिँदै थिए कुन्नि जनतालाई । त्यो खप्न नसकेर उनैका पूर्व कार्यकर्ता देवीप्रसाद रेग्मीले मञ्चमै पुगेर थप्पड हानेछन् । सरकार सञ्चालन गर्ने पार्टीका अध्यक्षलाई थप्पड दिएपछि त्यहाँ अचम्मै भो । प्रहरीले उनलाई समातेर लग्यो । नेताले देश बिगारेकाले सहन नसकेर मौक पारीपारी चड्काएको भनेर भनेर उनले हाकै प्रहरीसित बताएछन् । देश बिगार्ने नेतालाई नहानेर के गर्ने त ? मर्न भन्दा बहुलाउन निको भन्दै कड्किँदै दिएछन् उनले जवाफ पत्रकारहरुलाई ।
अरु पार्टीका कुन कुनलाई एमाले प्रवेश गराउँदै रहेछन् झलनाथले । तिनैसित मिसिएर गएछन् रेग्मीपनि र हानेछन् खनालको चस्मै झर्ने गरि । जे होस् घटनाले अलिकति भएपनि नेताको चेत खोल्छ कि ? जनता कति आजित भएका रहेछन् नेताबाट भन्ने देखाउँछ यसले । देशको लागि सकारात्मक काम नगर्ने तर जनतालाई भेडा ठान्दै भाषण ठोक्दै हिँड्ने नेताको मथिंगलमा अलिकति चेत पुग्छ कि !




