पारसलाई पक्रन प्रहरी टोली पोखरातिर

अपडेट- गण्डकी अञ्चल प्रहरी प्रमुख एसएसपी केशव अधिकारीको नेतृत्वमा खटिएको टोलीले शाहलाई पक्राउ पूर्जी दिएर पारस आफैले मगाएको फिष्टेल एयरको हेलिकप्टरबाट दिउसो साढे चार बजे चितवन ल्याइएको छ ।
 
पोखराबाट उनी चढेको हेलिकप्टर सिधै भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा ल्याइएको थियो । उनी विमानस्थल ओर्लिँदा उनका समर्थक र संचारकर्मीहरुको भीड लागेको थियो । कडा सुरक्षा घेरामा उनी चढेको हेलिकप्टर अवतरण गरिएको थियो । उनलाई भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा राखिएको छ । 

अपडेट- पोखराका प्रमुख जिल्ला अधिकारी सहित पुगेर सुरक्षाकर्मीहरुले पारसलाई नियन्त्रणमा लिएका छन् । उनी पक्राउ परेका छन् । अब उनलाई चितवन लगिने छ ।

जाँडको तालमा गोली फायरिङ त गरे पारश शाहले राजा हुँ, कानुन लाग्दैन झैं गरेर। तर अब साँच्चै झ्याल्टुङ पारिने भएको छ । शनिबार परराष्ट्र मन्त्री सुजाता कोइरालाका छोरी ज्वाईमाथि गोली ताकेर फायरिङ गर्दै आतंक मच्चाएका थिए उनले । तुनले त्यो सहर्ष स्विकार गरेका थिए । ग्रिह मन्त्रिमाथि पारश शाहलाइ पक्राउ गरेर कारवाही गर्न  सुजाता कोइरालाले दबाब दिएको खबर सर्वजनिक भएको थियो । स्रोतका अनुसार चितवनबाट पोखरा पुगेका पारस साहलाई पक्राउ गर्न अहिले एक प्रहरी टोली त्यता पठाइएको छ ।

 चितवनको रिसोर्टमा तहल्का मच्चाएर उनी पोखरा गएका थिए । पोखराको फूलवारी रिसोर्टमा बसेका उनलाई लिन प्रहरी टोली आज रिसोर्टमै पुगेका छन् । ग्रिह मन्त्रालयबाट दिइएको आदेश पालना गर्दै उनलाई आज प्रहरीले घटना छानवीनका लगि भन्दै चितवन लैजाने भएका हुन् ।

ग्रिहमन्त्री भिम बहादुर रावललाई आफ्ना ज्वाइमाथि गरिएको फायरिंगबारे कारवाही चलाउन प्रराष्ट्रमन्त्री सुझाता कोइरालाले दबाब दिएपछि रावलले  ठाडो पक्राउ  निर्देशन दिएका थिए ।  पोखरामा रहेका पारसले आफूलाई पक्राउ गर्न पुगेका सुरक्षाकर्मीमाथि कस्तो व्यवहार गर्ने हुन् । साँच्चै पारस शहलाई पक्राउ गरेर चितवनल्याइ बयान मात्रै लिन सकेपनि त्यसलाई ठूलै घटना मानिने छ ।

तपाइँको प्रतिक्रिया