वाल कविता : कपिलवस्तु सारिएछ
–किशोर कुइकेल / कपिलवस्तु
कपिलवस्तु सारिएछ, नेपालीलाई मारिएछ
विश्वलाई झूट पढाइ, भ्रमभित्र पारिएछ ।।
अस्तिसम्म सीमावारि, सिमापारी तारिएछ
बुद्धत्वको भावनालाई, एकतर्फी पारिएछ
++++++++++++++++++++
किन बस्नु नेपाली हो, झूट सहि सोझो बनी
सम्झाउनुछ यी मूर्खलाई, वीरका हामी सन्तान भनी ।।
दुखेर मन नेपाली आज, आँसुलाई पिउँदै छ
शान्तिघोष गर्ने अशोक स्तम्भ, अझैपनि जिउँदै छ ।।
++++++++++++++++++++
जतिसुकै प्रचार गरि, विश्व भ्रममा परेपनि
विश्वास कहिल्यै हुने छैन, झूटको खेती गरेपनि ।।
प्रमाणजति बाँचेकाले, जन्मस्थान नेपाल बोल्छ
भारतले चोरी लिँदा, नेपालीको मन पोल्छ ।।
++++++++++++++++++++
इतिहास पल्टाई हेर, लुम्बिनीमा खोज गइ
भग्नावशेष, स्तम्भलाई, अध्ययन गर तल्लीन भइ ।।
विश्वभरि जन्मिएका, कयौं कयौं महात्माले
सराप्ने छ तँलाई भारत, बुद्धको त्यो आत्माले ।।
++++++++++++++++++++
कपिलवस्तु हाम्रै थियो, हो हाम्रै रहने छ
यो न सोच अन्यायलाई, नेपालीले सहने छ ।।
कपिलवस्तु तेरो भए, गंगापनि बग्ने छैन
जतिसुकै प्रमाण जुटा, सत्य कहिल्यै डग्ने छैन ।।
(बुद्ध, लुम्बिनी र कपिलवस्तुका विषयमा काठमाडौं गोकर्णस्थित स्वर्ण शिक्षा इङ्लिस स्कूलले डिसेम्बर १ तारिखका दिन कपिलवस्तु डे मनाउन एक कार्यशाला आयोजना गरेको थियो । कार्यशालामा उक्त स्कूलका वालकले बुद्धको भ्रम र यथार्थता बारे लेखेको यो कविता कपिलवस्तु डे अभियानका सल्लाहकार डा कविताराम श्रेष्ठद्वारा प्राप्त भएको हो)




